आइतबार, असार ७, २०८३

विदेशी विनिमय सञ्चितिमा केही सुधार

चालू आर्थिक वर्षको ११ महिनामा देशको वैदेशिक विनियम सञ्चितिमा केही सुधार आएको छ।
 |  सोमबार, असार २७, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असार २७, २०७९

काठमाडौं– चालू आर्थिक वर्षको ११ महिनामा देशको वैदेशिक विनियम सञ्चितिमा केही सुधार आएको छ।

National life

आर्थिक वर्ष २०७८–०७९ को ११ महिनाको आयातलाई आधार मान्दा बैकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ७.५३ महिनाको वस्तु आयात र ६.७३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिएको छ। अघिल्लो महिना ६.५७ महिनाको वस्तु तथा आयात धान्न पुग्ने देखिएको छ।  

नेपाल राष्ट्र बैंकका अनुसार २०७८ असार मसान्तमा देशमा १३ खर्ब ९९ अर्ब ३ करोड रुपैयाँ बराबर रहेको कुल विदेशी विनिमय सञ्चितिमा १५.९ प्रतिशतले कमी आई २०७९ जेठ मसान्तमा ११ खर्ब ७६ अर्ब ८४ करोड कायम भएको छ। 

अमेरिकी डलरमा यस्तो सञ्चिति २०७८ असार मसान्तमा ११ अर्ब ७५ करोड रहेकोमा २०७९ जेठ मसान्तमा १९.६ प्रतिशतले कमी आई ९ अर्ब ४५ करोड कायम भएको छ। 

त्यस्तै चालू आर्थिक वर्षको ११ महिनामा चालू खाता ५ खर्ब ९५ अर्ब ७३ करोडले घाटामा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा चालू खाता २ खर्ब ९८ अर्ब ११ करोडले घाटामा रहेको थियो। 

Shivam cement

त्यस्तै गत जेठ मसान्तसम्मा देशको शोधनान्तर स्थिति २ खर्ब ६९ अर्ब ८१ करोडले रुपैयाँले घाटामा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति १५ अर्ब १५ करोड रुपैयाँले घाटामा रहेको थियो।

प्रकाशित: Jul 11, 2022| 16:53 सोमबार, असार २७, २०७९
प्रतिक्रिया दिनुहोस्