शनिबार, असोज १०, २०८३

७७.०१ अंकले घट्यो नेप्से

सोमबार ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाको मूल्यमा नेगेटिभ सर्किट लागेको छ भने हिमालयन डिस्ट्रिलरीको सबैभन्दा धेरै कारोबार भएको छ।
 |  सोमबार, असार २७, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असार २७, २०७९

काठमाडौं– निरन्तर घट्दो क्रममा रहेको सेयर बजारमा साताको पहिलो कारोबार दिन सोमबार ७७.०१ अंकको गिरावट आएको छ। सोमबार कारोबार सुरु भएसँगै निरन्तर घटेको बजारमा कुल २२७ कम्पनीको कारोबार भएको छ।

सोमबार ६३ लाख १३ हजार ६४१ कित्ता सेयर खरिद बिक्री भएको छ। यस दिन नेप्सेमा २ अर्ब ३२ करोड ५६ लाख ४१ हजार २२ रुपैयाँको कारोबार भएको छ। सबै उपसमूहको सेयर मूल्य घट्दा जलविद्युत्, व्यापार र तथा वित्त कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन्।

सोमबार सानिमा डिभेन्चरको मूल्य सबैभन्दा बढी २ प्रतिशतले बढेको छ। यस दिन ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाको मूल्यमा नेगेटिभ सर्किट लागेको छ भने हिमालयन डिस्ट्रिलरीको सबैभन्दा धेरै कारोबार भएको छ।

प्रकाशित: Jul 11, 2022| 15:46 सोमबार, असार २७, २०७९
प्रतिक्रिया दिनुहोस्