आइतबार, असार ७, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • सम्भावित आर्थिक संकट टार्न पुँजी र प्रविधिका लागि एनआरएनलाई वरिष्ठ उपाध्यक्ष ढकालको आग्रह

सम्भावित आर्थिक संकट टार्न पुँजी र प्रविधिका लागि एनआरएनलाई वरिष्ठ उपाध्यक्ष ढकालको आग्रह

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा पनि कोरोना महामारीपछिको समयमा आर्थिक संकटका संकेतहरु देखा परिरहेकाले त्यस्तो अवस्थाबाट देशलाई जोगाउन विदेशी लगानीका लागि आग्रह गरेका छन्।
 |  सोमबार, असार २७, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असार २७, २०७९

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा पनि कोरोना महामारीपछिको समयमा आर्थिक संकटका संकेतहरु देखा परिरहेकाले त्यस्तो अवस्थाबाट देशलाई जोगाउन विदेशी लगानीका लागि आग्रह गरेका छन्। 

National life

नेपाल पत्रकार महासंघ युकेको वार्षिक साधारणसभाका अवसरमा लन्डनमा आइतबार आयोजित कार्यक्रममा वरिष्ठ उपाध्यक्ष ढकालले भने, ‘विश्वमा देखिएको कोरोनाको प्रभावको आर्थिक मन्दी तथा संकटका बाछिटा नेपालमा पनि नदेखिएको भन्न मिल्दैन। त्यो समस्या हामी पनि झेलिरहेका छौँ।’

उनले नेपाललाई यस्तो संकटमा पर्न नदिन र आर्थिक अवस्थालाई बचाइराख्न संसारभरमा रहेका नेपालीहरुले नेपालमा पूँजी र प्रविधि भित्र्याउन र वैदेशिक लगानी गर्न आग्रह गरे।

उनले भने, ‘नेपाल सरकार र नेपाल राष्ट्र बैंकको समन्वयमा अब यहाँहरुले पनि डलरमा खाता खोल्ने अवसर प्राप्त गर्नुभएको छ। यसबाट लाभ लिनुहोुस् र नेपालमा बढीभन्दा बढी लगानी ल्याउनुहोस् भन्ने मेरो आग्रह छ।’ 

उनले सुरुमा कोरोनाको कहर र पछिल्लो समयमा आएर रुस–युक्रेन युद्धका कारण विश्वको अर्थतन्त्रमा अनेकन समस्याहरु देखा परिरहेको र महँगी बढेको र त्यसको मारमा हामी नेपाली पनि परेको धारणा राखे। लगानी गरेर राम्रो प्रतिफल लिन मिल्ने संसारका धेरै देशहरुमध्ये नेपाल पनि एक रहेको उनको भनाइ थियो। 

Shivam cement

उनले नेपालमा लगानीका कैयौं सम्भावना रहेको र नेपालमा लगानीबाट धेरैभन्दा धेरै प्रतिफल लिन सकिने उदाहरण पनि पेश गरे। आइएमई समूहका अध्यक्षसमेत रहेका ढकालले आफूहरुले गैरआवासीय नेपालीहरुसँग लगानी गरेकाले त्यो अनुभव रहेको दृष्टान्त पनि पेश गरे।


प्रकाशित: Jul 11, 2022| 12:11 सोमबार, असार २७, २०७९
प्रतिक्रिया दिनुहोस्