आइतबार, असार ७, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • गभर्नर अधिकारीले भने- प्राइभेट सेक्टरको नाफा जोगाउने काम राष्ट्र बैंकले गर्दैन

गभर्नर अधिकारीले भने- प्राइभेट सेक्टरको नाफा जोगाउने काम राष्ट्र बैंकले गर्दैन

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले प्राइभेट सेक्टको नाफा जोगाउने काम यसपालिको मौद्रिक नीतिले नगर्ने स्पष्ट पारेका छन्।
 |  सोमबार, असार २७, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असार २७, २०७९

काठमाडौं- नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले प्राइभेट सेक्टको नाफा जोगाउने काम यसपालिको मौद्रिक नीतिले नगर्ने स्पष्ट पारेका छन्। 

National life

नेपाल उद्योग वाणिज्य महासंघले आइबार गरेको कार्यक्रममा उनले नेपालको अर्थतन्त्र दबाबमा रहेको बेलामा राष्ट्र बैंकले पहिले अर्थतन्त्र थप ओरालो जानबाट रोक्नु आवश्यक रहेको बताएका हुन्। 

उनले भने, ‘प्राईभेट सेक्टर भएर नाफा खोज्नु स्वाभाविक हो, तर नीति बनाउँदा समग्र अर्थतन्त्रको ओरालो गतिलाई स्वटेबल र संरक्षण गर्न कसरी गर्ने भन्ने सोचेर मौद्रिक नीति  जारी गर्नुपर्छ।’

उनले कोभिडको समयमा निजी क्षेत्रको संरक्षण गरेको स्मरण गराउँदै उनले हाल १० महिनाको मात्र तथ्याङ्क हेर्ने हो भने पनि व्यापारघाटा १४ खर्ब ३१ अर्बको रहेकोले पहिले यसलाई सुधार्न आवश्यक रहेको जानकारी दिए। 

उनले समय र अर्थतन्त्र अनुसारको पोलिसि आउने दाबी गर्दै, मौद्रिक नीति व्यक्ति तथा संस्थाको आवश्यकता अनुसार नआउने पनि स्पष्ट पारे।

Shivam cement

त्यस्तै उनले हाल तीन प्रकारको ब्याजदर रहेको भन्दै निश्चित अवधिको लागि लिइने कर्जा पाँच वर्षसम्म ब्याजदर एउटै हुने, निश्चित समयको कर्जामा बेस रेट प्लस डेढ प्रतिशत प्रिमियम रहन्छ। जसमा बेस रेट बढ्यो भने प्रिमियम सोही सोही रहने बताए । त्यस्तै उनले चालु प्रकृतिको कर्जा लिएर भने यस्तो विषयमा गुनासो नगर्न पनि आग्रह गरे। 

त्यस्तै उनले भारतीय ५००, १००० र २०००को नोट चलाउने बारेमा राष्ट्र बैंकले कुरा उठाएको दाबी गर्दै एसबीआई बैंकमा इन्डियन करेन्सिको व्यवस्था गर्न भारत सरकारसँग आग्रह पनि गरेको स्पष्ट पारे।

प्रकाशित: Jul 11, 2022| 06:54 सोमबार, असार २७, २०७९
प्रतिक्रिया दिनुहोस्