आइतबार, असार ७, २०८३

राष्ट्र बैंकका कारण मूल्यवृद्धि भयो : शेखर गोल्छा

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पछिल्लो समय बैंकिङ ब्याजदर वृद्धिको कारण बजारमा मूल्यवृद्धि भएको बताएका छन्।
 |  आइतबार, असार २६, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, असार २६, २०७९

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पछिल्लो समय बैंकिङ ब्याजदर वृद्धिको कारण बजारमा मूल्यवृद्धि भएको बताएका छन्। 

National life

आइतवार काठमाडौंमा नेपाल उद्योग वाणिज्य महासंघले अगामी आर्थिक वर्ष मौद्रिक नीतिका विषयमा सुझाव  कार्यक्रममा बोल्दै अध्यक्ष गोल्छाले यस्तो बताएका हुन्। राष्ट्र बैंकले बैंकहरुको ब्याजदर नियन्त्रण गर्न नसक्दा अहिलेको अवस्था आएको उनको भनाइ छ। 

अध्यक्ष गोल्छाले बैंकले कर्जा प्रवाहमा कडाइ गर्दा सरकारको राजश्व लक्ष्य प्रभावित हुने उल्लेख गर्दै उनले पछिल्लो समय साना र मझौला उद्योगीको स्थिति नाजुक बन्दै गएकाले मौद्रिक नीतिले सम्बोधन गर्नुपर्ने माग गरे। बैंकको नाफामा कडाइ गर्नुपर्ने, आयातका लागि एलसी खोल्दा नगद मार्जिन राख्नुपर्ने निर्णय हटाउन माग गरे। 

'विगतमा ब्याजदर कम थियो त्यो बेला पनि विकृति थियो। मूल्यवृद्धि भन्दा पनि ब्याजदर कम हुँदा आफ्नै समस्याहरु लिएर आउँछ। अहिलको ब्याजदर बजारको मूल्यवृद्धिलाई धान्न नसक्नेगरी आएको छ। विभिन्न देशको बैंकको ब्याजदरलाई नियन्त्रण गरेको हुन्छ। ६ महिनामा ब्याजदर दोब्बर भएर गएको छ। राष्ट्र बैंकले समयमा नै नियन्त्रण गरेको भए अहिलको अवस्था आउने थिएन,' उनले भने। 

राष्ट्र बैंकले समयमै नीतिगत हस्तक्षेप गरेको भए पछिल्लो ६ महिनामा ब्याजदर दोब्बर बिन्दुमा नपुग्ने उनको भनाइ छ। 

Shivam cement

अध्यक्ष गोल्छाले तरलताको चुनौतीका कारण साना व्यवसायी साँच्चै अप्ठ्यारोमा रहेको भन्दै व्यवसायीलाई राहत पुग्ने खालको नीति ल्याउनुपर्ने धारणा राखे। ५५ लाख शेयर लगानीकर्ताले धेरै गुमाइसकेको मौद्रिक नीतिमार्फत शेयर कर्जा धितोको ४/१२ सीमा हटाएर शेयर लगानीकर्तालाई राहत पुग्ने नीति लिनुपर्नेसमेत उनको भनाइ छ। 

प्रकाशित: Jul 10, 2022| 22:01 आइतबार, असार २६, २०७९
प्रतिक्रिया दिनुहोस्