आइतबार, असार ७, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • गभर्नर अधिकारीले भने– प्राइभेट सेक्टरको नाफा जोगाउने काम राष्ट्र बैंकले गर्दैन

गभर्नर अधिकारीले भने– प्राइभेट सेक्टरको नाफा जोगाउने काम राष्ट्र बैंकले गर्दैन

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले प्राइभेट सेक्टरको नाफा जोगाउने काम यसपालिको मौद्रिक नीतिले नगर्ने स्पष्ट पारेका छन्।
 |  आइतबार, असार २६, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, असार २६, २०७९

काठमाडौं– नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले प्राइभेट सेक्टरको नाफा जोगाउने काम यसपालिको मौद्रिक नीतिले नगर्ने स्पष्ट पारेका छन्। नेपाल उद्योग वाणिज्य महासंघले आइतबार आयोजना गरेको कार्यक्रममा उनले नेपालको अथतन्त्र दबाबमा रहेको बेलामा राष्ट्र बैंकले पहिले अर्थतन्त्र थप ओरालो जानबाट रोक्नु आवश्यक रहेको बताएका हुन्। 

National life

उनले भने, ‘प्राइभेट सेक्टर भएर नाफा खोज्नु स्वाभाविक हो, तर नीति बनाउँदा समग्र अर्थतन्त्रको ओरालो गतिलाई स्टेबल र संरक्षण गर्न कसरी गर्ने भन्ने सोचेर मौद्रिक नीति जारी गर्नुपर्छ।’ 

उनले कोभिडको समयमा निजी क्षेत्रको संरक्षण गरेको स्मरण गराउँदै हाल १० महिनाको मात्र तथ्यांक हेर्ने हो भने पनि व्यापार घाटा १४ खर्ब ३१ अर्बको रहेकोले पहिले यसलाई सुधार्न आवश्यक रहेको जानकारी दिए। 

उनले समय र अर्थतन्त्र अनुसारको पोलिसी आउने दावी गर्दै मौद्रिक नीति व्यक्ति तथा संस्थाको आवश्यकता अनुसार नआउने पनि स्पष्ट पारे। त्यस्तै उनले हाल तीन प्रकारको व्याजदर रहेको भन्दै नीश्चित अवधिको लागि लिइने कर्जाको पाँच वर्षसम्म व्याजदर एउटै हुने, निश्चित समयको कर्जामा बेस रेट प्लस डेढ प्रतिशत प्रिमियम रहने बताए। बेस रेट बढ्यो भने प्रिमियम सोहि सोही रहने उनले बताए। त्यस्तै उनले चालू प्रकृतिको कर्जा लिएर यस्तो विषयमा गुनासो नगर्न पनि आग्रह गरे। 

त्यस्तै उनले भारतीय ५००, १००० र २००० को नोट चलाउने बारेमा राष्ट्र बैंकले कुरा उठाएको दावी गर्दै एसबीआई बैंकमा ईन्डियन करेन्सीको व्यवस्था गर्न भारत सरकारसँग आग्रह पनि गरेको स्पष्ट पारे।

Shivam cement

प्रकाशित: Jul 10, 2022| 18:16 आइतबार, असार २६, २०७९
प्रतिक्रिया दिनुहोस्