शनिबार, असोज १०, २०८३

प्रोटोन मोटर्सले ल्यायो ‘मनसुन एक्स्चेन्ज अफर’

नेपालका लागि प्राटोनको आधिकारिक विक्रेता जगदम्बा मोटर्सले ‘मन्सुन एक्स्चेन्ज अफर’ ल्याएको छ। कम्पनीले असार २३ गते गैरीधारास्थित आफ्नो शोरुममा आयोजित कार्यक्रममार्फत सो योजना सार्वजनिक गरेको हो।
 |  आइतबार, असार २६, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, असार २६, २०७९

काठमाडौं– नेपालका लागि प्राटोनको आधिकारिक विक्रेता जगदम्बा मोटर्सले ‘मन्सुन एक्स्चेन्ज अफर’ ल्याएको छ। कम्पनीले असार २३ गते गैरीधारास्थित आफ्नो शोरुममा आयोजित कार्यक्रममार्फत सो योजना सार्वजनिक गरेको हो।

उक्त एक्स्चेन्ज अफर असार २३ गतेदेखि २७ गतेसम्म चल्ने कम्पनीले जनाएको छ। कम्पनीले योजनाअन्तर्गत ग्राहकहरूले गैरीधाराको प्रोटोन शोरुममा उपलब्ध विभिन्न सुविधाहरू प्राप्त गर्न सक्नेछन्।

एक्स्चेन्ज अफरमा ग्राहकले स्पट एक्स्चेन्ज सुविधा, पुराना सवारीसाधनको तत्काल मूल्याङ्कन, २० प्रतिशत डाउन पेमेन्ट सुविधा, एक्स्चेन्ज बोनस र निःशुल्क बीमा र एक वर्षको लागि निःशुल्क सडक कर प्राप्त गर्नेछन्। साथै, ग्राहकले टेस्ट ड्राइभमा आकर्षक उपहारहरु पनि प्राप्त गर्न सक्नेछन्।

२०२० देखि नेपालमा आधिकारिक बिक्री शुरु गरेको कम्पनीले सेडान खण्डमा प्रोटोन सागा, सी–सेग्मेन्ट एसयुभी मा प्राटोन एक्स५० र प्रिमियम एयसयुभी खण्डमा प्रोटोन एक्स७० बिक्री गर्दै आएको छ ।

प्रकाशित: Jul 10, 2022| 17:49 आइतबार, असार २६, २०७९
प्रतिक्रिया दिनुहोस्