आइतबार, असार ७, २०८३

दराजको पहिलो वार्षिक समिट सम्पन्न

नेपालको अनलाइन बजार दराजले आफ्नो पहिलो वार्षिक दराज समिट आयोजना गरेको छ ।
 |  आइतबार, असार २६, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, असार २६, २०७९

काठमाडौं– नेपालको अनलाइन बजार दराजले आफ्नो पहिलो वार्षिक दराज समिट आयोजना गरेको छ । काठमाडौंमा भएको एक दिनको कार्यक्रममा आ–आफ्ना क्षेत्रका विज्ञहरूसहित तीन फरक प्यानल मा इ–कमर्स डिजिटल कमर्सका बारेमा छलफल भएको थियो । 

National life

तीनवटा प्यानलले ‘नेपालमा परम्परागत कमर्सबाट इ–कमर्ससम्म’, ‘ब्लेन्डिङ अफ द मार्केट प्लेस एन्ड कमर्स फर डिजिटल इकोनोमी’ र ‘अपलिफ्टिङ कम्युनिटी थ्रो द पावर अफ डिजिटल कमर्स इन नेपाल’ विषयमा छलफल भएको थियो।

छलफलको प्रमुख वक्तामा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा. गणेशप्रसाद पाण्डेय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा. वैकुण्ठ अर्याल, विशेष अतिथि राष्ट्रिय योजना आयोगका सदस्य सचिव केवलप्रसाद भण्डारी रहेको दराजले जनाएको छ ।

दराज नेपालकी प्रबन्ध निर्देशक आँचल कुँवरले दराजले कसरी कमर्सको माध्यमबाट समुदायको उत्थान गरेर सांस्कृतिक प्रभाव पार्ने लक्ष्य राखेको छ भन्नेबारे व्याख्या गरेकी थिइन् । यही सन्दर्भमा उनले दराज परिवर्तनको एक सक्रिय च्यानल हुन खोजेकोमा जोड दिइन् ।  

छलफलमा सहभागी प्यानलमा नेपाल राष्ट्र बैंकका निर्देशक गुरुप्रसाद पौडेल, द्वारिकाज होटेलकी अम्बिका श्रेष्ठ, सिएएस सोलुसन एन्ड सिल्भर लाइनिङका ओमेशलाल श्रेष्ठ, दराज नेपालका विमल अर्याल, उद्योग विभागका सुरेश श्रेष्ठ, हाम्रो पात्रोका शंकर उप्रेती, क्लाउड फ्याक्ट्रीका आयुष श्रेष्ठ र ओहो केक एन्ड अफरिङ ह्याप्पिनेसका सन्तोष पाण्डे सहभागी रहेको जनाइएको छ ।

Shivam cement

त्यस्तै, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका गोविन्दबहादुर कार्की वल्र्डलिंक कम्युनिकेसन्सका दलीप अग्रवाल, नेपिएसका सञ्जीव सुब्बा र दराज नेपालकी आँचल कुँवर छलफलमा सहभागी रहेको कम्पनीले जनाएको छ । 


प्रकाशित: Jul 10, 2022| 17:45 आइतबार, असार २६, २०७९
प्रतिक्रिया दिनुहोस्