शनिबार, असोज १०, २०८३

सिभिल बैंकका ग्राहकलाई चरक हस्पिटलमा विशेष छुट

सिभिल बैंक र पोखराको चरक मेमोरियल हस्पिटलबिच बैंकका ग्राहकहरुका लागि विशेष छुट प्रदान गर्ने बारेमा सम्झौतापत्रमा हस्ताक्षर भएको छ।
 |  आइतबार, असार २६, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, असार २६, २०७९

काठमाडौं– सिभिल बैंक र पोखराको चरक मेमोरियल हस्पिटलबिच बैंकका ग्राहकहरुका लागि विशेष छुट प्रदान गर्ने बारेमा सम्झौतापत्रमा हस्ताक्षर भएको छ। यस सम्झौताअनुसार सिभिल बैंकका सम्पुर्ण ग्राहकहरुले पोखराको चरक मेमोरियल हस्पिटलमा २० प्रतिशतसम्म छुट पाउने भएका छन्।

एक कार्यक्रममा बैंकका गण्डकी प्रदेशका प्रमुख समीर केसी तथा हस्पिटलका अध्यक्ष राम चन्द्र रेग्मीले सम्झौतामा हस्ताक्षर गरेका छन्। उक्त सम्झौताअनुसार फार्मेसीमा ५ प्रतिशत, ल्याब, बेड, रेडियोलोजी तथा अपरेसनमा लाग्ने शुल्कमा १० प्रतिशत र होल बडी चेकअपमा २० प्रतिशत छुट पाउने व्यवस्था छ।

यस छुटको सुविधा उपभोग गर्नको लागि सिभिल बैंकका ग्राहकहरुले हस्पिटलको बिलको भुक्तानी बैंकको मोबाइल बैंकिङ एपमार्फत डिजिटल पेमेन्ट गर्नुपर्ने हुन्छ। यसका साथै आगामी दिनहरुमा बैक र हस्पिटलको संयुक्त पहलमा पोखराको विभिन्न स्थानहरुमा निःशुल्क स्वास्थ्य शिविरको पनि आयोजना गर्न सकिने गण्डकी प्रदेशका प्रमुख केसीले जनाएका छन्।


प्रकाशित: Jul 10, 2022| 15:07 आइतबार, असार २६, २०७९
प्रतिक्रिया दिनुहोस्