शनिबार, असोज १०, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • प्रभु र सेञ्चुरी बैंक मर्ज हुने, असार मसान्तभित्रै सैद्धान्तिक सहमति लिने तयारी

प्रभु र सेञ्चुरी बैंक मर्ज हुने, असार मसान्तभित्रै सैद्धान्तिक सहमति लिने तयारी

प्रभु बैंक र सेञ्चुरी कमर्सियल बैंकबीच मर्जर हुने अनौपचारिक सहमति भएको छ। दुवै बैंकबीच १००ः९५ स्वाप रेसियोमा मर्जर हुने अनौपचारिक सहमति भएको हो।
 |  आइतबार, असार २६, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, असार २६, २०७९

काठमाडौं– प्रभु बैंक र सेञ्चुरी कमर्सियल बैंकबीच मर्जर हुने अनौपचारिक सहमति भएको छ। दुवै बैंकबीच १००ः९५ स्वाप रेसियोमा मर्जर हुने अनौपचारिक सहमति भएको हो। 

सेञ्चुरी बैंकका एक सञ्चालकका अनुसार मर्जर सम्बन्धी औपचारिक सहमतिमा छिटै हस्ताक्षर गरिनेछ। प्रभु र सञ्चुरी एक आपसमा मर्ज हुने भनिए पनि स्वाप रेसियो कति हुने भन्नेमा विवाद भएको थियो। स्वाप रेसियोमा अल्झिरहेको विवाद मिलेसँगै मर्जरको लागि अनौपचारिक छलफल टुंगिएको हो। 

शनिबार सेञ्चुरी कमर्सियल बैंकको सञ्चालक समिति बैठकले प्रभुसँग मर्ज हुने प्रस्ताव बहुमतले पारित गरेको छ। बैठकमा केही सञ्चालकले भने बराबरी हैसियतमा मर्ज हुनुपर्ने अडान राखेका थिए। तर प्रभुले केही दिन अगाडि ९५ भन्दा दिन नसकिने अन्तिम जवाफ दिएपछि सेञ्चुरी सोही स्वाप रेसियोमा मर्ज हुन तयार भएको हो। 

माछापुच्छ्रे बैंकसँग मर्ज गर्नका लागि छलफलमा रहेको सेञ्चुरी सेयर स्वाप रेसियोकै कारण पछाडि हटेको थियो। सोही समयमा प्रभुले राम्रो प्रस्ताव गरेपछि सेञ्चुरी प्रभु बैंकसँग मर्जका लागि तयार भएको हो। दुवै बैंकका अनुसार असार मसान्तभित्र नै मर्जर सम्झौता गर्नेगरी तयारी अगाडि बढाइएको छ। 




प्रकाशित: Jul 10, 2022| 13:08 आइतबार, असार २६, २०७९
प्रतिक्रिया दिनुहोस्