जोकोहीलाई पनि एउटा काममा हात हालेपछि अर्को नयाँ काम सुरु गर्दा अनेकन् समस्या आउँछन्। किनभने हरेक मानिस एउटा क्षेत्रमा नै विज्ञ हुन्छ। त्यसैले पनि आफूले जानेको र बुझेको क्षेत्रभन्दा बाहिर हात हाल्दा असफल भएका रेकर्ड धेरै छन्। तर, वीरेन्द्रबहादुर बस्नेत भने एकपछि अर्को सफलतामा अघि बढेका छन्।
अहिलेसम्मको कृषि कर्मले उनलाई खुसी र हौसला नै मिलेको छ। नेपाली हवाई उड्डयन क्षेत्रमा स्थापित नाम हो वीरेन्द्रबहादुर बस्नेत। देशकै अग्रणी हवाई सेवा प्रदायक कम्पनी बुद्ध एयरका प्रबन्ध निर्देशक बस्नेतले वर्षौंदेखि जहाज सञ्चालकको रुपमा वायुसेवा क्षेत्रमा एउटा प्रतिष्ठा र पहिचान कमाए। उनै बस्नेत धान मिल अर्थात् धान र खाद्य सुरक्षाको नयाँ क्षेत्रमा मोडिएका छन्। हुन त यो नयाँ क्षेत्र होइन, किनभने नेपालमा ६० प्रतिशत मानिस कृषि क्षेत्रमा नै आबद्ध छन्। तसर्थ पनि उनका लागि यो बिलकुलै नयाँ क्षेत्र र काम होइन।
उनले आफूलाई कृषिको बारेमा धेरै ज्ञान पहिलादेखि नै रहेको बताए। उनले कृषककै छोरो भएकोले यसमा भिज्न त्यति गाह्रो नभकएको र नयाँजस्तो आफूलाई नलागेको उनको भनाइ छ। राज्यको समृद्धि विकासका लागि कृषि पेसालाई व्यवस्थित र उकास्नु बाहेक अर्को विकल्प नरहेको उनी बताउँछन्। कृषि पेसाप्रति आइरहेको विकराल नैराश्यलाई फालेर कृषि नै देशका लागि अपरिहार्य र महत्त्वपूर्ण पेसा बनाउने उनको चाहना छ। कृषिलाई निर्वाहमुखीबाट औद्योगीकरण वा व्यवसायीकरण गरिनुपर्ने भन्दै बुद्ध एयरले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम (सीएसआर) अन्तर्गत व्यावसायिक कृषिमा लगानी गरेको हो।
२०६९ सालमा नेपाल कृषि कम्पनी स्थापना गरी बुद्धले मोरङका विभिन्न स्थानीय तहमा धान खेतीको व्यवसायीकरण र यान्त्रीकरणमा लगानी गरिरहेको छ। अब कृषकले उत्पादन गरेको धानलाई चामलमा परिणत गरी बजारमा पठाउने तयारी गरेको छ। बुद्धले मोरङको बेलबारी नगरपालिकास्थित डाँगीहाटमा ‘आरजु राइस मिल’ स्थापना गरेको छ। मिलमा अहिले उपकरण जडानको कार्य धमाधम चलिरहेको छ। यसै सन्दर्भमा केन्द्रित रहेर न्युज एजेन्सी नेपालले बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतसँग कुराकानी गरेको छ।
वर्षौंदेखि जहाजको सञ्चालक रहेर वायुसेवा क्षेत्रमा एउटा प्रतिष्ठा जोडिएको व्यक्ति धानमिल अथवा धान र खाद्य सुरक्षाको कुरा गर्ने बाटोमा मोडिनुभएको छ, खास कुरा के हो?
यो जिन्दगीको फिलोसोफीसँग जोडिन्छ। किनभने कुन व्यक्तिले कुन काम गर्ने भन्ने विषयसँग जोडिएको हुन्छ। वायुसेवामा चुलो बाल्ने साधन हामीले सिर्जना गर्यौं। सफल नै छ र राष्ट्रिय उद्योग राष्ट्रिय अर्थतन्त्रमा ठूलो सेवा पुर्याएको छ। योगदान पनि गरेको छ। त्यसमा दुई मत नै छैन। तर, राज्यको समृद्धि के हामीले सफलतालाई स्थापित गर्नसक्छौं कि सक्दैनौं। एउटा कुरालाई हामीले सफलताका साथ पूरा गर्न सक्छौं की सक्दैनौं। हरेक व्यक्ति एउटा स्थानमा पुग्छ। त्यसले योगदान गर्नसक्छ। उसले योगदान गर्ने कुरालाई सोच्नुपर्छ जस्तो लाग्छ। आखिरमा गएर माटोमा नै विलय हुने हो। माटोमा विलय हुनुभन्दा अगाडि समाज, देश र भावी सन्ततिको लागि केही योगदान गर्न सकिन्छ कि सकिँदैन भन्ने सोचले जिन्दगीको गन्तव्य सिर्जना गर्छ जस्तो लाग्छ।
आखिरमा गएर माटोमा नै विलय हुने हो। माटोमा विलय हुनुभन्दा अगाडि समाज, देश र भावी सन्ततिको लागि केही योगदान गर्न सकिन्छ कि सकिँदैन भन्ने सोचले जिन्दगीको गन्तव्य सिर्जना गर्छ।
धान नै किन रोज्नुभयो ?
धेरै वटा कारणले धान रोजेको हो। पहिलो कारण एयरलाइन्स खोल्नु अगाडि धानमा परिचित, धान उत्पादनमा नै खाइखेली आएको व्यक्ति हो। दोस्रो कुरा नेपालको सफलता न्यायसंगत व्यवसाय के हुनसक्छ भन्दा त्यो कृषि नै हो। किनभन्दा अहिले पनि हामी कृषिप्रधान देश भनेर चिन्छौं। हाम्रो जमिन जति छ, त्यो कृषिको लागि न्यायसंगत रूपमा रहेको छ। दुई विगाहा तीन विगाहको भूस्वामित्व रहेको छ। त्यो भनेको त्यसको अवसर त्यसको सम्भाव्यता भनेको जति उत्पादन हुन्छ। धेरै मान्छेले त्यसबाट फाइदा लिन सक्छन्। त्यसलाई हामीले निर्वाहमुखीबाट औद्योगीकरण वा व्यवसायीकरण गर्यौं भने अझ राम्रो हुन्छ। त्यस्तै धान अनस्टेवल डाइट हो। हरेक नेपालीले वर्षमा सरदर १४० चामल केजी खान्छौं।
नेपालमा ५० अर्बको धान आयात गर्छौं। त्यो आयात हुने धानलाई रोक्न सक्यौं र आफैँ आत्मनिर्भर हुनसक्यौं भने त्यसले सक्सेस स्टोरी क्रिएट गर्छ। त्यस कारण हामीले धान मिल नभएर किसानले धानको बीउ राखेदेखि उत्पादन गरेर उपभोक्ताले भात खाउन्जेलसम्मको जुन भ्यालुचेन हो। भ्यालुचेन हामीले सबैलाई ठिकसँग सञ्चालन गर्न सक्यौं, ठिकसँग डेलिभरी गर्न सक्यौं न्यायोचित र कम खर्च कम आम्दानीलाई बढाउनसक्यौं भने सफलताको कथा हुनेछ। त्यसले हरेक नेपाली वा युवा पिँढीलाई प्रोत्साहित गर्नेछ।
तपाईंले गरिरहेको काम कसरी सुरु भयो र कसरी उपभोक्ताको चुलोसम्म आइपुग्छ, त्यसमा जोडिने अवयव, बजार व्यवस्थापन सबै गर्दा एउटा साइकलमा कसरी आउँछ?
अहिले नेपालमा धेरै मोटो धान उत्पादन हुन्छ। किनभने मसिनो धानको बजार व्यवस्थित भएको छैन। मसिनो धानलाई मिलिङ गर्ने इक्युपमेण्ट नै हाम्रो देशमा छैन। मिलहरूको त्यो खालको इक्युपमेण्ट छैन। त्यसले गर्दा मोटो धान उत्पादन हुन्छ जसको चामलको मूल्य ४० देखि ५० रुपैयाँ हुन्छ। धानको मूल्य एकदमै थोरै हुन्छ। धानको मूल्य ठिक नहुने भएकाले हामी निर्वाहमुखी खेतीपातीबाट माथि उठ्न नै सकेका छैनौं। नेपालको सबैभन्दा धेरै उत्पादन र खेती हुने पनि धान नै हो। त्यसले गर्दा त्यो भी सेप साइकललाई कसरी ब्रेक गर्ने भन्ने एउटा हाइपोथेसिस सिर्जना गर्नु अति जरुरी थियो। हामी करिब १५ वर्षदेखि यसमा लागिरहेका छौं। बुद्ध एयरको कर्पोरेट सामाजिक उत्तरदायित्व अन्तर्गत यसमा धेरै वटा कामहरू र अनुभवहरू गरिरहेका छौं।
हामीले के बुझ्यौँ भने एउटा स्टेट अप आर्ट राइस मिल स्थापनाको लागि लगानी गरेर सञ्चालन नगरी हामीले भी सेप साइकल ब्रेक नै गर्न नसक्ने भयौं। किन भन्दा हामीले मसिनो धान पनि उत्पादन गरिरहेका छौं। किसानले लङ्ग्रेन ६.५ एमएमको धानबाट चामल उत्पादन गरे खरिद गरिरहेका छौं। त्यो धान हामीले पाँच वर्ष अगाडि नै किसान माझ ल्याएका हौं। तर, त्यसको प्रिमियमको सट्टा रिटार्डेशन भयो।
चलनचल्तीको भाषामा भन्दा कम मूल्यमा किने मिलहरूले। किनकि त्यो धान मिलिङ गर्दा कुँडिन्थ्यो। कनिका बढी निस्किन्थ्यो। त्यस कारण एउटा स्टेट अफ आर्ट राइस मिल स्थापना गर्नुपर्ने हाम्रो दायित्व भयो। त्यस कारण हामीले राइस मिल खोल्यौं। किसानहरूले धानको मूल्य राम्रो पाए मात्रै मोटिभेट हुन्छन्। हामीले चैते धानको न्यूनतम ७ सय ५० रुपैयाँ तोकेका छौं। जहाँ चलनचल्तीमा ६ रुपैयाँमा खरिद हुन्छ। खरिद भएको रकम ३ चार महिना लगाएर स्थानीय गल्लाहरूले स्थानीय किसानलाई दिन्छन्। तर, त्यसमा हामीले धानको न्यूनतम ७ सय ५० रुपैयाँ मनको र २ दिनभित्रमा पेमेन्ट गर्यौं। जुन विगतको प्रक्रिया थियो त्यसको अन्त्य गर्यौं। तर, यसमा किसानलाई यसमा आकर्षण गर्न धेरै गाह्रो पर्यो। त्यस कारण १५ सय टनको प्रोजेक्सन गरेर गएको ५ सय टन मात्रै स्थापित गर्नसक्यौं।
किसानले जोखिम कम लिन्छन्। सानो सानो चाक्लामा खेती गरिरहेको हुन्छ। उनीहरूलाई स्थानीय गल्लावालाहरूले भाँडिदिए। हामीले सबैको रोजीरोटीमा ब्रेक लगाउने भयौं। यो वर्ष हामीले स्थापित गरौं। उत्पादकत्व पनि बढ्यो। विगतमा कठ्ठाको ४ मन फल्ने अथवा ५०/६० मन कठ्ठाको फल्नेमा यो वर्ष सरदर १३० मन फल्यो। राम्रो खेती गर्नेले १६० मन पनि फलाए। हाइब्रिड धानलाई राम्रोसँग खेती गरे १६० मन यो धान फल्ने भयो। यो चार महिनामा एक लाख रुपैयाँ नेट फाइदा आयो। एक विगाहमा चार महिनामा एक लाख रुपैयाँ फाइदा भनेको राम्रै फाइदा हो। त्यो यहाँ स्थापित गरायौं। अब मंसिरको धानमा ३० रुपैयाँ बढाएर १२ सय रुपैयाँ मनको स्थापित गर्यौं। घनश्याम भुसाल कृषिमन्त्री हुँदा धेरै प्रयास गरेर न्यूनतम सर्पोट मूल्य १९ रुपैयाँ राख्नु भएकोमा हामीले ३० रुपैयाँ दियौँ। त्यसमा अहिले हामीलाई धान बिक्री गर्न सिराहा देखिका किसानहरू निकै उत्साहित छन्।
अब मुख्य हाम्रो चुनौती भनेको नेपाली धान खरिद गर्ने हो। भारतीय गल्लाबाट धान नेपाल ल्याएर प्रशोधन गरेर बिक्री गर्ने होइन। नेपाली धान खरिद गरेर उत्पादन नगरे ठूलो लगानी लगाएर मिल स्थापना गरेको अर्थ नै भएन। अगनी र चैते दुई वटै धानमा सोचे जस्तै सफलताका साथ समय अनुकूल (टाइमलाइन)मा काम गर्दै अगाडि बढेका छौं। अर्को हाम्रो जस्तो मिल स्थापना गर्दा यो भण्डारणको पक्षमा वर्षको एकै पटक धान किनेर राख्दा धेरै स्थान ओगट्ने चैते धान ६ महिनामा नभए पनि एक तिहाइ चैते धान र दुई तिहाइ अगने धान भण्डारण गर्ने र खपत गर्ने व्यवस्थित रूपमा जाँदा व्यवस्थापन खर्च कम लाग्छ।
भविष्यमा धान मकै र भटमाससँगै व्यवस्थापन गर्नुपर्छ। भण्डारण गर्ने ढवाङ्हरू साढे ३ हजार टनका छन्। त्यसको व्यवस्थापन पनि त्यसरी नै हुन्छ। त्यहाँ सबै भन्दा ठूलो लगानी पिकक्युलयन र डायरमा गरेका छौं किन भने उत्पादन भएर आउने बित्तिकै आउने धान वा मकैको नमी (चिसोपन) एकदमै धेरै हुन्छ। धानलाई १३ प्रतिशतमा झारेर भण्डारण गर्नुपर्छ र मकैलाई ३० प्रतिशतबाट १५ प्रतिशतमा झारेर भण्डारण गर्नुपर्छ। त्यो सबै गर्ने इक्युपमेण्ट राखेका छौं। मिलको सबै भन्दा ठूलो खर्च यही हो।
नेपालमा अहिले अधिकांश मोटो धान उत्पादन हुन्छ। किनभने मसिनो धानको बजार व्यवस्थित भएको छैन। मसिनो धानलाई मिलिङ गर्ने इक्युपमेण्टहरू नै हाम्रो देशमा छैन।
त्यसको प्रयोग वर्षको तीन पटक प्रयोग हुने भयो। मिल अप्टिमाइल हिसाबले सञ्चालन गर्दा यी सबै कम्पोमेण्टहरू चैते, अगने धान र मकै स्थापित हुनुपर्यो। मकै स्थापित हुने बित्तिकै दानामा जाने भयो। धानबाट आउने कनिका पनि दानामा प्रयोग हुन्छ। उत्पादनको भ्यालुचेन यो हो। बिक्री वितरणको क्षेत्रमा चामलको लागि अनलाइनको व्यवस्था गर्नुपर्छ। ग्यास पानी जस्तो महिनामा २० देखि ३० केजी चामल प्रयोग गर्छन्। त्यो खालको बजारीकरण योजनामा जानुपर्छ। यो विशुद्ध नेपाली चामल हो। २० देखि २५ रुपैयाँ रिटेल मूल्य कम गरेर दिन्छौं।
उत्पादन गर्ने क्षेत्र र किसानहरू दिगोपनामा राइस मिलले निरन्तरता दिने भयो, तपाईंले भन्नुभए अनुसार बजारीकरण गर्ने अनलाइन सेवा दिने कुरा आयो, किसानहरूलाई डिजिटल फर्ममा कसरी जोड्ने खर्च पनि बढी नै लाग्छ, यसलाई कसरी जोड्नु हुन्छ?
राइस मिल किसानको माझमा लगेर स्थापना गरेका छौं। खेती किसानीको बीचमा लगेर मिल स्थापना भएको छ। त्यस किसानलाई दिने दिगोपन र वरपरको धान, मकै खरिद गर्नु प्रमुख लक्ष्य हो भन्ने कुरा स्थापित भइसकेको छ। ३५ सय बिगाहा, अगनी धान उत्पादन हुने र २४ सय बिगाहा चैते धान उत्पादन हुने जमिन गरी ५५ सय बिगाहाको क्यासमेन्ट हो। बेलबारी नगरपालिकामा मिल राखेका छौं। त्यहाँ खेतीयोग्य जमिन १० हजार बिगाहाभन्दा बढी छ। हामीले बेलबारीकै धान उठाइ सक्दैनौ। मकै पनि २० हजार बिगाहा होला। त्यहाँ मकै पनि खरिद गरिसक्दैनौँ। जुन मिलले ग्यारेन्टी गरेको छ त्यो स्थापित हुन्छ। जुन टेक्नोलोजी ट्रान्सफरको कुरामा अहम् छ। हामी किसानकै माझमा बसेर धानमिल सञ्चालन गर्ने भएकाले किसान समूह बनाउनुपर्छ भनिरहेका छौं।
यसमा विकासमा तीन वटा खराब कुराहरू छन्। जुट,उखुको संरचना बने र मनोपोली रूपमा चल्दा किसानहरू मारमा परेका छन्, अब तपाईंले धानको मिल खोलेपछि सबैले खोल्नेछन्। अनि त्यस्तै मनोपली भएर किसानले दुःख पाउने त होइनन्, धेरै उदाहरण भएकाले शंका जन्माएको छ?
हामी यसलाई बिस्तारै स्टेप बाइ स्टेप रूपमा लिएर जाने तयारीमा छौं। पहिला राइस मिललाई स्थापित गरेर २० हजार धान र १० हजार टन मकैलाई प्रशोधन गर्ने हो। त्यसको ब्यालेन्स सिटमा जुन प्रक्षेपणमा नाफा आएको छ। व्यवहारिक रूपबाट स्थापित गर्ने। पैसा देखिनुपर्यो। त्यसलाई किसानको लगानी र स्थानीय समुदायको लगानीको रूपमा बिस्तारै यही मोडालिटिमा बिस्तार गर्दै जाने तयारी हो।
खेती किसानीको बीचमा लगेर मिल स्थापना भएको छ। त्यस किसानलाई दिने दिगोपन र वरपरको धान, मकै खरिद गर्नु प्रमुख लक्ष्य हो।
किसानहरूले त्यसमा ओनरसिप खोजेको खण्डमा त्यसलाई डाइल्युट गरेर उद्यमीहरूले २५ प्रतिशत भन्दा बढी लगानी राख्ने पक्षमा छैनौं। मिलको स्वामित्वको २५ प्रतिशत। मनोपली भन्ने कुरा नभएर सबैको सहभागिता लगानी गर्न पाउने अवस्था हुनुपर्यो। हामीले यो मिललाई स्थापित बनाउन सक्यौं भने पाँच वर्षमा हामी चामलमा आत्मनिर्भर हुन्छौं। मैले शाखा खोलेर नभई नयाँ कसैले कुनै अर्को जिल्लामा वा अर्को स्थानमा खोल्छ भने यस्तो तरिकाले गर्ने भनेर सिकाउने योजनामा छु।
कुनै न कुनै हिसाबले सरकारको नीति र सरकारले चिन्नुपर्छ भनिन्छ, अहिले अन्य व्यवसायीहरूले सरकारले नीति बनाएर पनि व्यवसायी मैत्री बनाउने भन्ने काम गर्यो तर व्यवसायीहरूलाई सहयोग गरेन भन्ने गरेका छन्। तपाइहरू यो विषयमा कसरी अगाडि बढ्नुभएको छ?
प्रदेश एकको कृषि मन्त्रालय एकदमै प्रोएक्टिभ छ। त्यहाँको कृषि मन्त्रालयले पूरा सहयोग गरिरहको छ। केन्द्र सरकारको परिपेक्षमा भन्नुपर्दा स्थानीय स्तरबाट नै यो कार्यलाई सफल बनाएर गएपछि केन्द्र सरकारले अनुसरण गर्ने भन्ने अन्य केही रहँदैन जस्तो लाग्छ।
अहिले भएको प्रविधि भन्दा कस्तो हो, यो प्रविधिले लगानी र उत्पादनको हिसाब कसरी लाभग्राही छ?
जुन धान प्रशोधन गर्ने प्रविधि रहेको छ। त्यो प्रविधिको उच्चतम प्रविधि प्रयोग गर्दा मात्रै धेरै फाइदा हुन्छ। त्यसले अर्थतन्त्रको स्केल तय गर्छ, उत्पादन गर्दाको खर्च घटाउँछ। नेपालमा अन्य राइस मिलहरूको प्रविधि कस्तो हो थाहा छैन। पहिलो पटक राइस मिल खोल्दैछु। अरूको राइस मिल हेरेको छैन। राइस मिलको दुई वटा टेक्नोलोजी हो एउटा भुलेर र अर्को जापनिज टेक्नोलोजी हो। दुवैलाई कम्प्युटर गर्यौं। भुलेर तुरुन्तै आयो। भुलेर स्वीज मल्टिनेशनल टेक्नोलोजी हो। यो टेक्नोलोजी फुड ग्रेन म्यानेजमेन्टमा संसारको उच्चतम टेक्नोलोजी हो। उनीहरूको धान मिलको राम्रो टेक्नोलोजी ल्याएका छौं।
यति गरेपछि बजारको प्रतिक्रिया कस्तो पाउनुभएको छ?
चामल निस्किसकेपछि तुलना गर्छौं। भविष्यमा चामलका उपभोक्तालाई तुलना गर्ने ठाउँ चाहिन्छ। हाम्रो चामल भर्सेस बजारमा भएको त्यही गुणस्तर मूल्यको चामलाई तुलना गर्छौं। हाम्रो मार्केटिङको अहम् पाटो त्यही हुनेछ। हामीले धानको चामल प्रशोधन र मकैको दानासहित गरेर ५० करोडको लगानी रहेको छ।