आइतबार, असार ७, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • बजेट संशोधन नहुन्जेल पारित गर्न नदिने सुदूरपश्चिम प्रदेश कांग्रेसको निर्णय

बजेट संशोधन नहुन्जेल पारित गर्न नदिने सुदूरपश्चिम प्रदेश कांग्रेसको निर्णय

शनिबार बसेको कांग्रेसको सुदूपश्चिम प्रदेश संसदीय दलको बैठकले बजेट संशोधन गर्नुपर्ने अन्यथा पारित गर्न साथ नदिने निर्णय गरेको हो।
 |  शनिबार, असार २५, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, असार २५, २०७९

धनगढी– नेपाली कांग्रेसले सुदूरपश्चिम प्रदेश सरकारले अगामी आर्थिक वर्ष २०७९/८० का लागि ल्याएको बजेट संशोधन नगरिए समर्थन नगर्ने निर्णय गरेको छ। सुदूरपश्चिम प्रदेशमा कांग्रेस सत्तारुढ छ।

National life

प्रदेशसभा सदस्यहरूले बजेट संशोधनको माग गरिरहेका बेला शनिबार बसेको कांग्रेसको सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठकले बजेट संशोधन गर्नुपर्ने र नभए पारित गर्न साथ दिन नसकिने निर्णय गरेको हो।

कांग्रेस संसदीय दलका उपनेता देवराज पाठकको अध्यक्षतामा बसेको बैठकले बजेट संशोधन गर्नुपर्ने निर्णय गरेको प्रमुख सचेतक भरतबहादुर खड्काले बताए। ‘यो बजेट जनताको हितमा नभएकाले परिमार्जन गर्नुपर्ने, नगरे पारित गर्न सहयोग नगर्ने निर्णय संसदीय दलले गरेको छ,’ खड्काले भने।

बैठकले गरेको बजेट संशोधन गर्नुपर्ने मागसहितको निर्णयबारे प्रदेश सरकारलाई ध्यानाकर्षण गराइने उनले बताए। संसदीय दलको बैठकमा सामाजिक विकासमन्त्रीसमेत रहेका कांग्रेस सचेतक गोविन्द बोहरा, राज्यमन्त्री टेकबहादुर रैका, डिल्लीराज पन्त, श्यामलाल रानाथारुसहितका ७ प्रदेशसभा सदस्य सहभागी थिए।

प्रदेश सरकारका आर्थिक मामिलामन्त्री प्रकशबहादुर रावलले गत १ असारमा प्रदेशसभा बैठकमा प्रस्तुत गरेको ३६ अर्ब ७६ करोडको बजेटमाथि सत्तारुढ दलकै सांसदको असन्तुष्टिका कारण अहिलेसम्म छलफल हुन सकेको छैन।

Shivam cement

प्रकाशित: Jul 09, 2022| 16:27 शनिबार, असार २५, २०७९
प्रतिक्रिया दिनुहोस्