आइतबार, असोज ११, २०८३

११ महिनामा साढे ४ अर्ब बढीको अलैंची निर्यात

विभागको तथ्यांकअनुसार ११ महिने अवधिमा ५० लाख ५० हजार ५९३ किलोग्राम अलैंची निर्यात भएको हो।
 |  शनिबार, असार २५, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, असार २५, २०७९

काठमाडौं– नेपालले चालू आर्थिक वर्ष २०७८/७९ मा ४ अर्ब ५५ करोड रुपैयाँ बराबरको अलैंची निर्यात गरेको भन्सार विभागले तथ्यांक सार्वजनिक गरेको छ। चालू वर्षको ११ महिने अवधिमा नेपालबाट सो परिमाणको अलैंची विदेश निर्यात भएको हो।

विभागको तथ्यांकअनुसार यस अवधिमा ५० लाख ५० हजार ५९३ किलोग्राम अलैंची निर्यात भएको हो। नेपालबाट निर्यात हुने अलैंची दक्षिण एसियाका २ मुलुकमा निर्यात हुने गरेको छ। नेपालबाट भारत र पाकिस्तानमा अलैंची निर्यात हुँदै आएको छ।

नेपालले भारततर्फ ४ अर्ब ५२ करोड रुपैयाँको अलैंची निर्यात गरेको छ। सोही अवधिमा भारततर्फ ४९ लाख ८० हजार किलोग्राम अलैंची निर्यात भएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ। यस्तै, पाकिस्तानतर्फ ३ करोड ४४ लाख रुपैयाँ बराबरको ७० हजार किलोग्राम अलैंची निर्यात भएको छ।

प्रकाशित: Jul 09, 2022| 15:57 शनिबार, असार २५, २०७९
प्रतिक्रिया दिनुहोस्