आइतबार, असार ७, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • नबिल र नेपाल बंगलादेश बैंकको कारोबार पाचौँ दिन पनि बन्द

नबिल र नेपाल बंगलादेश बैंकको कारोबार पाचौँ दिन पनि बन्द

नबिल बैंक र नेपाल बंगलादेश बैंकको सम्पूर्ण बैंकिङ सेवा तथा कारोबार पाचौँ दिन पनि बन्द हुने भएको छ।
 |  शनिबार, असार २५, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, असार २५, २०७९

काठमाडौं- नबिल बैंक र नेपाल बंगलादेश बैंकको सम्पूर्ण बैंकिङ सेवा तथा कारोबार पाचौँ दिन पनि बन्द हुने भएको छ। दुवै बैंकले एकीकृत कारोबार प्रयोजनका लागि सिस्टम र डाटा माइग्रेसन गर्नुपर्ने भएका कारण पाचौँ दिन पनि सबै सेवा बन्द रहने जानकारी गराएका हुन्। 

National life

यसअघि दुवै बैंकले असार २३ देखि ४ दिनसम्म सबै कारोबार बन्द हुने जानकारी गराएका थिए। तर नेपाल सरकारको चालु आर्थिक वर्षको सालतमामी (क्लोजिङ) पर्ने भएकाले सरकारी काम रोक्न नपाएपछि थप एक दिन पनि बैंकिङ कारोबार रोक्न लागिएको दुवै बैंकले जानकारी दिएका हुन्। 

उक्त समयमा दुवै बैंकका क्रेडिट कार्ड र प्रिपेड कार्ड भने सञ्चालनमा रहनेछन्। दुवै बैंकले असार २७ गतेबाट नै एकीकृत कारोबार शुरु गर्ने तय गरिसकेका छन्। तर डाटा माइग्रेसनको कामका कारण सो दिन पनि सेवा बन्द हुने दुवै बैंकको भनाइ छ। 

नबिलले बंगलादेश बैंकलाई १००:४३ शेयर स्वाप अनुपातमा प्राप्ति गरेको हो। अब नेपाल बंगलादेश बैंकको १०० कित्ता शेयर हुनेले प्राप्तीपछि बन्ने नबिल बैंकको ४३ कित्ता मात्र शेयर पाउनेछन्।

प्रकाशित: Jul 09, 2022| 15:40 शनिबार, असार २५, २०७९
प्रतिक्रिया दिनुहोस्