शनिबार, माघ १७, २०८२

त्रिविको खेलाँचीः निजी कलेजको प्रि-बोर्डको प्रश्‍नपत्र त्रिविको बोर्ड परीक्षामा हुबहु

त्रिभुवन विश्वविद्यालयको बीबीए छैठौँ सेमेस्टरको प्रश्‍नपत्र एउटा प्राइभेट कलेजसँग हुबहु मिल्न गएको पाइएको छ। व्यवस्थापन संकायतर्फको ‘एमजीटी २०३’ अर्गनाइजेसन बिहाभियर विषयको प्रश्नपत्र मोर्डन नेपाल कलेजको ‘प्रि-बोर्ड’ परीक्षाको प्रश्नपत्रसँग हुबहु मिल्न गएको पाइएको हो।
 |  शुक्रबार, असार २४, २०७९

कौशल काफ्ले

कौशल काफ्ले

शुक्रबार, असार २४, २०७९

काठमाडौं- त्रिभुवन विश्वविद्यालयको बीबीए छैठौँ सेमेस्टरको प्रश्‍नपत्र एउटा प्राइभेट कलेजसँग हुबहु मिल्न गएको पाइएको छ। व्यवस्थापन संकायतर्फको ‘एमजीटी २०३’ अर्गनाइजेसन बिहाभियर विषयको प्रश्नपत्र मोर्डन नेपाल कलेजको ‘प्रि-बोर्ड’ परीक्षाको प्रश्नपत्रसँग हुबहु मिल्न गएको पाइएको हो।

National life

प्रश्नपत्र हुबहु मिलेको पाएपछि त्रिविले असार २२ (गत बुधबार) मा लिएको बीबीए छैटौं सेमेस्टरको सो विषयको परीक्षा रद्द गरेको छ। शुक्रबार सूचना प्रकाशित गरेर त्रिविले लिइसकेको उक्त परीक्षा रद्द गर्ने जनाएको हो। सो विषयको परीक्षा साउन १ गते हुने त्रिवि परीक्षा नियन्त्रण महाशाखाले जानकारी गराएको छ।

यदि त्रिविले आत्मालोचनासहित आफ्नो निर्णय नलिए आन्दोलन गर्ने तयारी विद्यार्थीहरुले गरेका छन्। कलेजले गरेको बदमासीको सजाय विद्यार्थीहरुलाई दिन लागिएको भन्दै विद्यार्थीहरुले आन्दोलन गर्ने बताएका छन्। 

हेर्नुस् सूचनाः


Laxmi sunrise bank

प्रकाशित: Jul 08, 2022| 19:07 शुक्रबार, असार २४, २०७९
प्रतिक्रिया दिनुहोस्