आइतबार, असोज ११, २०८३

नेप्से परिसूचकमा ३४.७१ अंकले गिरावट

साताको अन्तिम कारोबार दिन शुक्रबार नेप्से परिसूचकमा गिरावट आएको छ। परिसूचक ३४.७१ अंकले घटेर १९९.६१ बिन्दुमा झरेको हो।
 |  शुक्रबार, असार २४, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, असार २४, २०७९

काठमाडौं– साताको अन्तिम कारोबार दिन शुक्रबार नेप्से परिसूचकमा गिरावट आएको छ। परिसूचक ३४.७१ अंकले घटेर १९९.६१ बिन्दुमा झरेको हो।

त्यस्तै, सेन्सेटिभ इण्डेक्स ५.६१ अंक घटेको छ भने फ्लोट इण्डेक्स २.५० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.२८ अंकले घटेको छ। कारोबारमा आएका २१७ कम्पनीको ३० लाख ६३ हजार कित्ता सेयर १ अर्ब १६ करोड ८४ लाख ५१ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ।

शुक्रबार नेप्सेका १३ वटै उपसमूहको परिसूचक घटेका छन्। जसमध्ये वित्त, होटल तथा पर्यटन र व्यापार उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी घटेको छ। 

विकास बैंक, जलविद्युत, लगानी र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी र बैंकिङ, जीवन बीमा, लघुवित्त, म्युचुअल फण्ड, निर्जीवन बीमा र जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

नेप्से परिसूचकमा गिरावट आएपनि हिमालयन उर्जा विकास कम्पनीको शेयरमूल्य ५.४४ प्रतिशत घटेको छ। त्यस्तै, हिमाल दोलखा हाइड्रोपावर, बेष्ट फाइनान्सको शेयर मूल्य साढे ४ प्रतिशतभन्दा बढी घटेको छ। साढे ५ करोडभन्दा

बढीको कारोबार शिवम् सिमेन्ट्स कम्पनीले गरेको छ।

प्रकाशित: Jul 08, 2022| 14:54 शुक्रबार, असार २४, २०७९
प्रतिक्रिया दिनुहोस्