आइतबार, असोज ११, २०८३

नेपाली बजारमा सुनको मूल्य स्थिर, चाँदीको घट्यो

नेपाल सुनचाँदी व्यवसायी महासंघकमा नुसार बिहीबार प्रतितोला ९४ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज पनि सोही मूल्य कायम भएको छ।
 |  शुक्रबार, असार २४, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, असार २४, २०७९

काठमाडौं- शुक्रबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघकमा नुसार बिहीबार प्रतितोला ९४ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज पनि सोही मूल्य कायम भएको छ।  

यस्तै तेजाबी सुनको मूल्य पनि आज अघिल्लो दिनकै मूल्य कायम हुँदै प्रतितोला ९४ हजार १०० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

तर, यता चाँदीको मूल्य भने आज तोलामा १० रुपैयाँले घट्दै एक हजार २७५ रुपैयाँ कायम भएको छ। अघिल्लो दिन चाँदी प्रतितोला एक हजार २८५ रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित: Jul 08, 2022| 11:53 शुक्रबार, असार २४, २०७९
प्रतिक्रिया दिनुहोस्