आइतबार, असोज ११, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • मूल्यवृद्धि नियन्त्रणका लागि उपभोक्ता जागरण अभियानद्वारा सरकारको ध्यानाकर्षण

मूल्यवृद्धि नियन्त्रणका लागि उपभोक्ता जागरण अभियानद्वारा सरकारको ध्यानाकर्षण

उपभोक्ता अधिकारका क्षेत्रमा कार्यरत उपभोक्ता जागरण अभियान नेपालले मूल्यवृद्धि नियन्त्रणका विषयमा नेपाल सरकारको ध्यानाकर्षण गराएको छ।
 |  शुक्रबार, असार २४, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, असार २४, २०७९

काठमाडौं- उपभोक्ता अधिकारका क्षेत्रमा कार्यरत उपभोक्ता जागरण अभियान नेपालले मूल्यवृद्धि नियन्त्रणका विषयमा नेपाल सरकारको ध्यानाकर्षण गराएको छ।

अभियानका पदाधिकारीले सरकारका मुख्यसचिव शङ्करदास वैरागीसहित उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका अधिकारीलाई बिहीबार भेटेर मूल्यवृद्धि नियन्त्रणका लागि चाल्नुपर्ने कदमका विषयमा ज्ञापनपत्रमार्फत ध्यानाकर्षण गराएका हुन्। 

ज्ञापनपत्रमा बजारमा एकाधिकारपूर्ण, अनुचित र कानुनद्वारा निषेधित ब्यापारिक कार्यहरू हुने गरेको उल्लेख छ। हरेक क्षेत्रमा सेटिङमा काम भइरहेको भन्दै ज्ञापनपत्रमा बजार अनुगमन सार्थक एवं प्रभावकारी हुन नसकेको गुनासो गरिएको छ।

जागरण अभियानका अध्यक्ष कृष्णप्रसाद भण्डारी मार्सेली नेतृत्वको टोलीले बुझाएको ज्ञापनपत्रमा बजार हस्तक्षेपको नीति अख्तियार गर्दै खाद्य व्यापार कम्पनी र साल्ट ट्रेडिङमार्फत दैनिक अत्यावश्यक वस्तुको बिक्री वितरण गरेर आपूर्ति व्यवस्थालाई सहज तुल्याइ बजार मूल्यलाई नियन्त्रण गर्नुपर्ने उल्लेख छ।

भन्सार गेट मूल्य र उद्योग गेट मूल्यको आधारमा वस्तुको मूल्य विश्लेषण गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले विभाग, कार्यालय र निरीक्षण अधिकृतलाई निर्देशन दिनुपर्ने सुझाव पनि दिइएको छ। 

प्रकाशित: Jul 08, 2022| 10:17 शुक्रबार, असार २४, २०७९
प्रतिक्रिया दिनुहोस्