आइतबार, असोज ११, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • अनुमति विनाका भिटामिनजन्य औषधिको बिक्री नगर्न विभागको निर्देशन

अनुमति विनाका भिटामिनजन्य औषधिको बिक्री नगर्न विभागको निर्देशन

बजारमा केही औषधि र भिटामिनजन्य औषधि जथाभाबी बिक्री भइरहेको पाइएको छ।
 |  शुक्रबार, असार २४, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, असार २४, २०७९

काठमाडौं- बजारमा केही औषधि र भिटामिनजन्य औषधि जथाभाबी बिक्री भइरहेको पाइएको छ। यसरी बिक्री भइरहेका औषधि तथा भिटामिनले स्वास्थ्यमा असर पारिरहेको भन्दै औषधि व्यवस्था विभागले यस्ता औषधिको प्रयोगमा रोक लगाउने भएको छ।

विभागले एक सूचना जारी गर्दै ट्याबलेट, क्याप्सुल तथा झोलमा पाइने औषधि खाद्यवस्तु जस्तै गरी आयात र बिक्री भइरहेकाले प्रयोग नगर्न सचेत गराएको हो। 

यस्ता औषधिलाई प्रतिबन्धसमेत लगाएको विभागले जनाएको छ। जी ल्याब्रोटोरिज, भारतमा बनेको बायोदी ड्रप्स बालबालिकाका लागि प्रयोग गर्दा असर देखिएको सूचनामा भनिएको छ।

विभागका अनुसार यी औषधि नेपालमा दर्ता भएका छैनन्। यी र यस्ता अनुमति नपाएका र दर्ता नभएका औषधि र भिटामिन प्रयोग नगर्न विभागको आग्रह छ।



प्रकाशित: Jul 08, 2022| 08:37 शुक्रबार, असार २४, २०७९
प्रतिक्रिया दिनुहोस्