काठमाडौं- नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२६ रुपैयाँ ३९ पैसा र बिक्री दर १२६ रुपैयाँ ९९ पैसा कायम गरेको छ।
युरो एकको खरिद दर १२९ रुपैयाँ ०१ पैसा र बिक्री दर १२९ रुपैयाँ ६२ पैसा कायम गरिएको छ। पाउन्ड स्टर्लिङ एकको खरिद दर १५१ रुपैयाँ ८४ पैसा र बिक्री दर १५२ रुपैयाँ ५७ पैसा छ। यस्तै, स्विस फ्रेङ्क एकको खरिद दर १३० रुपैयाँ ०३ पैसा र बिक्री दर १३० रुपैयाँ ६५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
अस्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपैयाँ ४९ पैसा र बिक्री दर ८६ रुपैयाँ ९० पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिद दर ९७ रुपैयाँ ३१ पैसा रहेको छ भने बिक्री दर ९७ रुपैयाँ ७७ पैसा छ।
जापानी येन १० को खरिद दर ९ रुपैयाँ ३० पैसा र बिक्री दर ९ रुपैयाँ ३४ पैसा रहेको छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ८६ पैसा र बिक्री दर १८ रुपैयाँ ९५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
यस्तै, साउदी अरबियन रियाल एकको खरिर दर ३३ रुपैयाँ ६७ पैसा र बिक्री दर ३३ रुपैयाँ ८३ पैसा रहेको छ भने कतारी रियाल एकको खरिद दर ३४ रुपैयाँ ६० पैसा र बिक्री दर ३४ रुपैयाँ ७७ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचनाामा उल्लेख छ।
मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ५४ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ६८ पैसा रहेको छ। यसैगरी कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ७२ पैसा र बिक्री दर ९ रुपैयाँ ७७ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ। -यस्तो छ आजको विनिमय दर