आइतबार, असार ७, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • रेडमड कफीको १३ औं आउटलेट बौद्धमा, गगन थापा र निती शाहले गरे उद्घाटन

रेडमड कफीको १३ औं आउटलेट बौद्धमा, गगन थापा र निती शाहले गरे उद्घाटन

कफी पारखीमाझ आफ्नो छुट्टै पहिचान बनाउन सफल रेडमड कफीले बौद्धमा आफ्नो १३ औँ आउटलेटको शुभारम्भ गरेको छ।
 |  बिहीबार, असार २३, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असार २३, २०७९

काठमाडौं– कफी पारखीमाझ आफ्नो छुट्टै पहिचान बनाउन सफल रेडमड कफीले बौद्धमा आफ्नो १३ औँ आउटलेटको शुभारम्भ गरेको छ। बिहीबार एक कार्यक्रमका बीच नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापा र मोडल एवम् मिस इन्टरनेशनल नेपाल २०१७ निती शाहले उक्त आउटलेटको उद्घाटन गरेका हुन्।

National life

उद्घाटन गर्दै गगन थापाले १३ औँ आउटलेटसम्म बिस्तार गरेकोमा बधाई दिँदै थप बिस्तारको शुभ कामना दिए। साथै रेड मडले भित्र्याएको जस्तै वैदेशिक लगानीलाई पनि प्रोत्साहन गर्नुपर्ने कुरा राख्दै वैदेशिक लगानीका लागी आवश्यक निती नियमको लागि पहल गर्ने बताए। यता निती शाहले पनि यो नयाँ आउटलेट निकै नै आकर्षक रहेको र युवा पुस्तालाई मन पर्ने कुरामा ढुक्क रहेको बताइन्।

११ वर्षअघि काठमाडौँको थापाथलीमा पहिलो आउटलेट खोलेर सञ्चालनमा आएको रेडमड कफी विस्तार हुने क्रममा रहेको छ। रेडमडले आफ्नो १३ औँ शाखा टुसाल बौद्धमा खोलेको हो।

फस्टाउँदै गएको कफी तथा रेस्टुरेन्ट बजारलाई ध्यानमा राखेर नयाँ आउटलेट टुसाल, बौद्धमा सञ्चालनमा ल्याएको कम्पनीले जनाएको छ। यता फ्रेन्चाइज होल्डर सुनिता तामाङ र मनोज पाख्रिन पनि आफूहरू रेडमडको कफी, सर्भिस र खानाबाट प्रभावित भएर नै बौद्धमा रेडमड कफी सञ्चालन गर्न अघि बढेको बताउँछन्।

उपत्यकाभित्र रेडमडका आउटलेटहरु थापाथली, नयाँ बानेश्वर, पानीपोखरी, डिल्लीबजार, एकान्तकुना, झम्सिखेल, दरबारमार्ग, बुढानीलकण्ठ र उपत्यका बाहिर विराटनगर, मनाङ लगायतका स्थानमा रहेका छन्। यससँगै रेडमडले निकट भविष्यमा थप आउटलेट पनि विस्तार गर्ने योजना रहेको सञ्चालक प्रवेश हुमागाईंले जानकारी दिए।

Shivam cement

कफी पारखीका लागि आकर्षक एम्बियन्स र शान्त वातावरण सहितको सेवा रेडमडको मुख्य विशेषता रहेकाले यसले सबै वर्ग र पुस्ताका ग्राहकको मन जित्न सफल भएको दाबी गरेको छ। 

प्रकाशित: Jul 07, 2022| 15:01 बिहीबार, असार २३, २०७९
प्रतिक्रिया दिनुहोस्