आइतबार, असोज ११, २०८३

बिदा बसेका अर्थसचिव मरासिनी फर्किए मन्त्रालय

मरासिनीमाथि निवर्तमान अर्थमन्त्री शर्माले चालू आर्थिक वर्षको बजेटमा करका दर हेरफेर गर्दा सघाएको आरोप लागेको छ।
 |  बिहीबार, असार २३, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असार २३, २०७९

काठमाडौं– बजेट विवादमा तानिएपछि बिदा बसेका अर्थसचिव मधुकुमार मरासिनी निवर्तमान अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएको भोलिपल्टै बिहीबार मन्त्रालय फर्किएका छन्। मरासिनीमाथि निवर्तमान अर्थमन्त्री शर्माले चालू आर्थिक वर्षको बजेटमा करका दर हेरफेर गर्दा सघाएको आरोप लागेको छ।

सचिव मरासिनीको सचिवालयका अनुसार उनले बिहीबार मन्त्रालय पुगेर पूर्ववत काम सम्हालेका हुन्। 

मन्त्री शर्मा विवादमा परेपछि मरासिनीले स्वास्थ्य समस्या देखाउँदै मंगलबार दुई दिन बिदा बस्ने औपचारिक जानकारी गराएका थिए। तर उनी एक दिन मात्रै बिदा बसेर मन्त्रालयमा हाजिर भएका छन्।

प्रकाशित: Jul 07, 2022| 14:58 बिहीबार, असार २३, २०७९
प्रतिक्रिया दिनुहोस्