काठमाडौं– एनसेलले रिङरोड ग्रीन बेल्टको मंगलबार उद्घाटन गरेको छ। ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन, वन तथा भू–संरक्षण विभागका महानिर्देशक राजेन्द्र केसी र एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङ्ले संयुक्त रुपमा एक कार्यक्रमकाबीच उक्त ग्रीन बेल्ट उद्घाटन गरेका हुन्।
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङ्ले दीगो विकास लक्ष्यसंग जोडिएको सरकारको वातावरण सम्बन्धी लक्ष्य र आजियाटा समूहको नेट जिरो कार्बनको आकांक्षा अनुरूप गोगदान दिन पाउदा खुशी लागेको बताए।
वन तथा भू–संरक्षण विभागका महानिर्देशक राजेन्द्र केसीले भने, ‘यस क्षेत्रका ९० प्रतिशत बोटबिरुवालाई जीवितै राख्ने हाम्रो प्रतिबद्धता रहेको थियो। रिङरोडको ग्रीनबेल्ट क्षेत्रमा ल्यान्डः केपिङ, हरियाली प्रवर्द्धन र सौन्दर्यीकरणमा नीजि र सार्वजनिक सहकार्यको उत्तम उदाहरण प्रस्तुत गरेको छ।’
एनसेलले वन तथा भू–संरक्षण विभागसंगको सहकार्यमा रिङरोडको कोटेश्वरदेखि कलंकी सडक खण्डमा हरियाली विकास, निर्माण तथा संरक्षण गर्दै आएको छ। सामाजिक पहल अन्तर्गत कोटेश्वर देखि कलंकी सडक खण्डको ग्रीन बेल्ट क्षेत्रमा ल्यान्डःकेपिङसहित हरियाली निर्माणको काम सम्पन्न गरेको जनाइएको छ। साथै, परियोजनाले रिङरोड सडक खण्डमा सफा र हरियाली प्रवर्द्धन कार्यक्रमअन्तर्गत सडक खण्डमा वृक्षारोणमा गर्दै आएको जनाएको छ। हरियाली विकास तथा संरक्षणले वातावरण संरक्षणमा योगदान पुर्याउनुका साथै समुदाय र जनमानसका लागि स्वास्थ वातावरण निर्माणमा योगदान पुर्याउने उद्धेश्य एनसेलले लिएको छ।
एनसेलको सन् २०२४ सम्म यस ग्रीन बेल्टको संरक्षण गर्ने लक्ष्य छ। परियोजना अन्तर्गत ललितपुरलाई स्मार्ट सिटीमा परिणत गर्ने हाम्रो भिजन अन्तर्गत चारवटा रुटमा स्मार्ट स्ट्रिट लाइट जडान गर्ने कार्य सम्पन्न गरी शहरमा १ हजार ४ सय वटा बत्ती जडान गर्ने काम गरिरहेका छौं। अर्को चरणमा ललितपुरभित्र पर्ने रिङरोडको ७.९ किलोमिटर क्षेत्रमा स्मार्ट बत्ती जडान गर्ने समेत उनले बताए।