आइतबार, असार ७, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • रिलायन्स लाइफद्वारा कम्पनीको ब्यानर सगरमाथाको चुचुरोमा फहराउने दाकिपा शेर्पालाई सम्मान

रिलायन्स लाइफद्वारा कम्पनीको ब्यानर सगरमाथाको चुचुरोमा फहराउने दाकिपा शेर्पालाई सम्मान

रिलायन्स लाइफ इन्स्योरेन्सकी बीमाकर्मी दाकिपा शेर्पाले रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको ब्यानर विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा फहराएका छन्। दाकिपा शेर्पा पेशाले क्लाईम्विङ गाइड हुन्।
 |  बिहीबार, असार २३, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असार २३, २०७९

काठमाडौं– रिलायन्स लाइफ इन्स्योरेन्सकी बीमाकर्मी दाकिपा शेर्पाले रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको ब्यानर विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा फहराएका छन्। दाकिपा शेर्पा पेशाले क्लाईम्विङ गाइड हुन्। 

National life

उनी क्लाईम्विङ सिजनमा ट्रेकिङ गाइडको रुपमा काम गर्छन् र अफ सिजनमा रिलायन्स लाइफ इन्स्योरेन्ससँग आवद्ध भइ काम गर्छन्। विशेषगरी कोरोना महामारीको समयमा उनी रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडसँग जोडिन पुगेका थिए। उनले ०७९ वैशाख २९ गते बिहान २ बजेर २९ मिनेटमा विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरो चुमी रिलायन्स लाइफ इन्स्योरेन्सको ब्यानर फहराएका थिए। 

सगरमाथा आरोही दाकिपा शेर्पालाई रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले एक कार्यक्रम आयोजना गरी कम्पनीको केन्द्रिय कार्यालयमा उनको साहसको प्रशंसा गर्दै सम्मान गरेको छ। उनलाई कम्पनीका अध्यक्ष ताराचन्द केडियाले खादा र कदरपत्रले स्वागत एवं सम्मान गरेका थिए।

सोही अवसरमा रिलायन्स लाइफ इन्स्योरेन्सले ५० लाख बराबरको रिलायन्स म्यादी जीवन बीमा पोलिसीले शेर्पालाई सम्मान गरेको थियो। 


प्रकाशित: Jul 07, 2022| 13:06 बिहीबार, असार २३, २०७९
प्रतिक्रिया दिनुहोस्