आइतबार, असोज ११, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • एनएमबि बैंकले पुनर्निर्माण गरिदियो वीरेन्द्रनगरमा विद्यालय भवन

एनएमबि बैंकले पुनर्निर्माण गरिदियो वीरेन्द्रनगरमा विद्यालय भवन

एनएमबि बैंकले सुर्खेतको वीरेन्द्रनगरमा रहेको सरस्वती प्राथमिक विद्यालयको पुनर्निर्माण गरिदिएको छ।
 |  बिहीबार, असार २३, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असार २३, २०७९

काठमाडौं– एनएमबि बैंकले सुर्खेतको वीरेन्द्रनगरमा रहेको सरस्वती प्राथमिक विद्यालयको पुनर्निर्माण गरिदिएको छ। बैंकले सामाजिक दायित्वअन्तर्गत विद्यालयको छानामाथिको पुनर्संरचना–सम्भार र कक्षाकोठाको मर्मत–सम्भार गरेको हो। 

गत जेठमा आएको हावाहुरीले उक्त विद्यालयको जस्ताको छाना उडाएपछि विद्यार्थी खुला चौरमै पढन बाध्य भएको थाहा भएपछि पुनर्निर्माण गरिदिएको बैंकले जनाएको छ। बैंकले चारवटा कोठाको पुनर्निर्माण गरी विद्यालयलाई हस्तान्तरण गरेको जनाइएको छ।

उक्त परियोजनाको समापन तथा हस्तान्तरण कार्यक्रममा बैंकका क्षेत्रीय प्रबन्धक मित्रराज प्याकुरेलले यस सहकार्यले विद्यार्थीलाई पठनपाठनमा सहज हुने विश्वास व्यक्त गरेका थिए। 

विद्यालयका प्रधानाध्यापक खड्कबहादुर खड्काले बैंकले वित्तीय कारोबार मात्र गर्ने थाहा भए पनि सामाजिक कार्यमा सहयोगसमेत गरेकाले खुसी लागेको बताए। प्रधानाध्यापक खड्काले भने, ‘वीरेन्द्रनगरकै विकट वडा भएकाले विद्यालयमा सेवा–सुविधा छैन् । यस्तो अवस्थामा बैंकले गरेको सहयोग अतुलनीय छ।’ 

बैंकले हाल देशभरि दुई सय एक शाखा, एक सय ३८ एटिएम तथा ११ एक्सटेन्सन काउन्टरमार्फत सेवा दिइरहेको जनाएको छ।

प्रकाशित: Jul 07, 2022| 12:46 बिहीबार, असार २३, २०७९
प्रतिक्रिया दिनुहोस्