आइतबार, असोज ११, २०८३

सानिमा बैंक र अन्नपूर्ण केबलकारबीच सम्झौता

सानिमा बैंकले अन्नपूर्ण केबलकारसँग सम्झौता गरेको छ।
 |  बिहीबार, असार २३, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असार २३, २०७९

काठमाडौं– सानिमा बैंकले अन्नपूर्ण केबलकारसँग सम्झौता गरेको छ। सम्झौतामा बैंकका ग्राहकले सानिमा डेबिट तथा क्रेडिट कार्ड र क्यूआर स्क्यान मार्फत सानिमा मोबाइल बैंकिङमार्फत भुक्तानी गर्दा अन्नपूर्ण केबलकारको टिकटमा १० प्रतिशत छुट पाउने भएका छन्।

बैंकका गण्डकी प्रदेश प्रमुख सुदीपकुमार हलवाई र अन्नपूर्ण केबलकारका महाप्रबन्धक दिनेश पौडेलले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्। 

प्रकाशित: Jul 07, 2022| 12:41 बिहीबार, असार २३, २०७९
प्रतिक्रिया दिनुहोस्