काठमाडौं- नेपाल राष्ट्र बैंकले बिहीबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२६ रुपैयाँ ५९ पैसा र बिक्री दर १२७ रुपैयाँ १९ पैसा कायम गरेको छ।
युरो एकको खरिद दर १२९ रुपैयाँ ३७ पैसा र बिक्री दर १२९ रुपैयाँ ९९ पैसा कायम गरिएको छ। पाउन्ड स्टर्लिङ एकको खरिद दर १५१ रुपैयाँ १९ पैसा र बिक्री दर १५१ रुपैयाँ ९० पैसा छ। यस्तै, स्विस फ्रेङ्क एकको खरिद दर १३० रुपैयाँ ४१ पैसा र बिक्री दर १३१ रुपैयाँ ०३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
अस्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपैयाँ १३ पैसा र बिक्री दर ८६ रुपैयाँ ५४ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिद दर ९७ रुपैयाँ १४ पैसा रहेको छ भने बिक्री दर ९७ रुपैयाँ ६० पैसा छ।
जापानी येन १० को खरिद दर ९ रुपैयाँ ३६ पैसा र बिक्री दर ९ रुपैयाँ ४० पैसा रहेको छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ८८ पैसा र बिक्री दर १८ रुपैयाँ ९७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
यस्तै, साउदी अरबियन रियाल एकको खरिर दर ३३ रुपैयाँ ७२ पैसा र बिक्री दर ३३ रुपैयाँ ८८ पैसा रहेको छ भने कतारी रियाल एकको खरिद दर ३४ रुपैयाँ ६४ पैसा र बिक्री दर ३४ रुपैयाँ ८१ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचनाामा उल्लेख छ।
मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ६१ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ७५ पैसा रहेको छ। यसैगरी कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ६८ पैसा र बिक्री दर ९ रुपैयाँ ७३ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ। -यस्तो छ आजको विनिमय दर