आइतबार, असार ७, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • अर्थमन्त्री शर्माको राजीनामा स्वीकृत, प्रधानमन्त्रीले नै लिए जिम्मेवारी

अर्थमन्त्री शर्माको राजीनामा स्वीकृत, प्रधानमन्त्रीले नै लिए जिम्मेवारी

शर्माको राजीनामा स्वीकृत भएपछि अर्थ मन्त्रालय प्रधानमन्त्री देउवाले आफैँसँग राखेका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थको जिम्मेवारी प्रधानमन्त्री देउवालाई दिइएको जानकारी गराएकी हुन्।
 |  बुधबार, असार २२, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असार २२, २०७९
National life
Shivam cement

काठमाडौं- जनार्दन शर्माले अर्थमन्त्रीको पदबाट दिएको राजीनामा स्वीकृत भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले शर्माको राजीनामा स्वीकृत गरेका हुन्। शर्माको राजीनामा स्वीकृत भएपछि अर्थ मन्त्रालय प्रधानमन्त्री देउवाले आफैँसँग राखेका छन्।

बुधबार वक्तव्य जारी गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थको जिम्मेवारी प्रधानमन्त्री देउवालाई दिइएको जानकारी गराएकी हुन्। 'राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले मौजुदा मन्त्रिपरिषद्‌का माननीय अर्थमन्त्री श्री जनार्दन शर्माले नेपालको संविधानको धारा ७७ को उपधारा (२) को खण्ड (क) बमोजिम मन्त्री पदबाट राजीनामा दिनुभएकोले सम्माननीय प्रधानमन्त्रीज्यूको सिफारिसमा अर्थ मन्त्रालयको कार्यभार सम्माननीय प्रधानमन्त्री श्री शेरबहादुर देउवाज्यूले सम्हाल्ने गरी तोक्नु भएको छ,' राष्ट्रपति कार्यालयले जारी गरेको वक्तव्यमा भनिएको  छ। 

प्रकाशित: Jul 06, 2022| 20:18 बुधबार, असार २२, २०७९
प्रतिक्रिया दिनुहोस्