आइतबार, असार ७, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • छानबिनमा निर्दोष सावित भए जनार्दन नै अर्थमन्त्री : वर्षमान पुन

छानबिनमा निर्दोष सावित भए जनार्दन नै अर्थमन्त्री : वर्षमान पुन

संसद भवनमा संवाददाताहरूसँग कुरा गर्दै पुनले शर्माले राजीनामा दिएर उच्च नैतिकता प्रदर्शन गरेको उल्लेख गरे।
 |  बुधबार, असार २२, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असार २२, २०७९
National life
Shivam cement

काठमाडौं- जनार्दन शर्मामाथिको छानबिन नसकिएसम्म नेकपा (माओवादी केन्द्र)ले अर्को अर्थमन्त्री नपठाउने भएको छ। बजेटमा करका दर हेरफेरको आरोप लागेपछि शर्माले राजीनामाको घोषणा गरेको तर उनीमाथिको छानबिन नसकेसम्म अर्को व्यक्तिलाई मन्त्री नपठाउने माओवादी नेता वर्षमान पुनले बताएका हुन्। 

संसद भवनमा संवाददाताहरूसँग कुरा गर्दै पुनले शर्माले राजीनामा दिएर उच्च नैतिकता प्रदर्शन गरेको उल्लेख गरे।  ‘पार्टीले उहाँलाई राजीनामा दिन सुझाव दिएको थियो, अनिवार्य भनेको थिएन,’ पुनले भने, ‘उहाँले राजीनामा दिएर उच्च नैतिकता प्रदर्शन गर्नुभयो। छानबिन नसकिएसम्म पार्टीले अरूलाई अर्थमन्त्री बनाउँदैन।’ छानबिनमा शर्मा निर्दोष सावित भएपछि उनी नै अर्थमन्त्री बन्ने पुनको भनाइ छ। 

शर्माले आर्थिक वर्ष २०७९/०८० को बजेट बनाउँदा अनधिकृत मानिसलाई अर्थ मन्त्रालयमा बोलाएर करका दर हेरफेर गरेको आरोप लागेपछि बुधबार शर्माले संसदमा राजीनामा घोषणा गरेका थिए। उनीमाथि छानबिन गर्न संसदले ११ सदस्यीय विशेष समिति बनाएको छ। 

प्रकाशित: Jul 06, 2022| 17:55 बुधबार, असार २२, २०७९
प्रतिक्रिया दिनुहोस्