आइतबार, असोज ११, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • हवाई भाडा बढ्यो, काठमाडौंबाट धनगढी पुग्न १७ हजारसम्म लाग्ने

हवाई भाडा बढ्यो, काठमाडौंबाट धनगढी पुग्न १७ हजारसम्म लाग्ने

आन्तरिक वायुसेवा कम्पनीले हवाई भाडा बढाएका छन्।
 |  बुधबार, असार २२, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असार २२, २०७९

काठमाडौं– आन्तरिक वायुसेवा कम्पनीले हवाई भाडा बढाएका छन्। वायुसेवा सञ्चालक संघ नेपाल (आयोन)का अनुसार अब काठमाडौंबाट सबैभन्दा लामो रुट धनगढीको भाडा अधिकतम १७ हजार २५ रुपैयाँ पुगेको छ।

काठमाडौंबाट माउन्टेन फ्लाइटका लागि १४ हजार ८९० तय भएको छ भने भद्रपुरका लागि १२ हजार ९५५ रुपैयाँ पुगेको छ। त्यसैगरी काठमाडौंबाट विराटनगर १० हजार २०५, भरतपुर ४ हजार ९९० र जनकपुरका लागि ५ हजार ८६० रुपैयाँ लाग्नेछ।

पोखराका लागि ६ हजार ९८५, भैरहवाका लागि ८ हजार ६७५ रुपैयाँ अधिकतम भाडादर कायम गरिएको छ। त्यसैगरी काठमाडौंबाट नेपालगन्जका लागि १३ हजार ९८०, तुम्लिङटारका लागि ८ हजार २०५ र सिमराका लागि ४ हजार २४० रुपैयाँ भाडा तय भएको छ।

प्रकाशित: Jul 06, 2022| 17:17 बुधबार, असार २२, २०७९
प्रतिक्रिया दिनुहोस्