आइतबार, असोज ११, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • अर्थमन्त्रीबारे छानबिन गर्न ११ सदस्यीय संसदीय समिति बनाउने सहमति

अर्थमन्त्रीबारे छानबिन गर्न ११ सदस्यीय संसदीय समिति बनाउने सहमति

अर्थमन्त्री शर्माले बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई संलग्न गराएको भन्दै प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसदीय छानबिन समिति गठनको माग गरिरहेका बेला यस्तो समिति बनाउन सत्ताधारी दल सहमत भएका हुन्।
 |  बुधबार, असार २२, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असार २२, २०७९

काठमाडौं- अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न ११ सदस्यीय संसदीय छानबिन समिति गठन हुने भएको छ। 

अर्थमन्त्री शर्माले बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई संलग्न गराएको भन्दै प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसदीय छानबिन समिति गठनको माग गरेपछि समिति बनाउन दलहरू सहमत भएका हुन्। 

समितिमा एमालेका ४ जना, नेपाली कांग्रेस र नेकपा माओवादीका २–२ जना तथा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका एकएक जना रहनेछन्।

अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई अर्थ मन्त्रालयमा प्रवेश गराई करका दर हेरफेर गरेको आरोप लागेको थियो। एमालेले मन्त्रीको राजीनामा वा बर्खास्तीसहित संसदीय छानबिन हुनुपर्ने माग गर्दै संसद् अवरुद्ध गर्ने भएपछि छानबिन समिति गठनको सहमति जुटेको हो।

आज बिहान ११ बजेका लागि डाकिएको प्रतिनिधिसभाको बैठक ३ घण्टाका लागि स्थगित गरेर दलका नेताहरु छलफलमा जुटेका थिए। 

प्रकाशित: Jul 06, 2022| 15:34 बुधबार, असार २२, २०७९
प्रतिक्रिया दिनुहोस्