काठमाडौं- नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले अर्थ मन्त्रालयले दिएको जवाफले झनै संशय पैदा भएको बताएका छन्। अर्थ मन्त्रालयको कामकारबाहीको बारेमा प्रश्न उठेपछि सत्यतथ्य सार्वजनिक गर्नुपर्नेमा फूटेज नै हराएको जवाफ दिएपछि झनै संशय पैदा भएको बताएका हुन्।
‘देशको अर्थ मन्त्रालय जस्तो महत्वपूर्ण निकायको काम कारवाहीमा प्रश्न उठेपछि सम्वन्धित निकायले सत्यतथ्य सार्वजनिक गर्नु उसको जिम्मेवारी हो।तर,उक्त विषयलाई लिएर अर्थमन्त्रालयले दिएको जवाफले झनै संशय पैदा गरेको छ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्।
त्यस्तै, चौतर्फी विरोध भइसकेपछि अर्थमन्त्रीले नैतिकताको आधारमा राजीनामा दिएर सत्य तथ्य छानबिनका लागि मार्ग प्रशस्त गर्नुपर्ने माग उनको छ। साथै सरकारले तत्काल न्यायिक वा संसदीय समिति गठन गरी छानबिन गर्नुपर्ने र माओबादीले पनि आफनो मन्त्री लाई फिर्ता बोलाएर छानबीनको मार्ग प्रशस्त गराउनु पर्ने उनले लेखेका छन्।
‘१३ दिनको फुटेज मात्र उपलब्ध छ भन्ने विषयले प्रसस्त शंका गर्ने ठाउँ उब्जिएको छ। सीसीटीभीको फुटेज तीन महिनासम्म सुरक्षित राख्नुपर्ने अर्थ मन्त्रालयलाई जिम्मेवारीबाट उम्किने छुट छैन,’ पौडेलले लेखेका छन्, ‘राज्यले तोकेको नियम र कानुन विपरीत गएमा जो कोहीको कानुनी उपचार हुनुपर्छ।