आइतबार, असार ७, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • अटो मोबाइल क्षेत्रलाई चुरोट र रक्सीसँग दाँजियो : अध्यक्ष थापा

अटो मोबाइल क्षेत्रलाई चुरोट र रक्सीसँग दाँजियो : अध्यक्ष थापा

नाडा अटो मोबाइल्स एसोसिएसनका अध्यक्ष ध्रुव थापाले अटोमोबाइल्स व्यवसाय बच्ने गरी आगामी आर्थिक वर्षको मौद्रिक नीति ल्याउन सुझाव दिएका छन्।
 |  बुधबार, असार २२, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असार २२, २०७९

काठमाडौं- नाडा अटो मोबाइल्स एसोसिएसनका अध्यक्ष ध्रुव थापाले अटोमोबाइल्स व्यवसाय बच्ने गरी आगामी आर्थिक वर्षको मौद्रिक नीति ल्याउन सुझाव दिएका छन्। आगामी आर्थिक वर्षको मौद्रिक नीतिको लागि नेपाल राष्ट्र बैंकले दुईदिन अगाडि आयोजना गरेको सुझाव संकलन कार्यक्रमा बोल्दै अध्यक्ष थापाले यस्तो सुझाव दिएका हुन्। 

National life

विगत ८/१० महिनादेखि अटो व्यवसाय ठप्प रहेको भन्दै अटो क्षेत्रलाई राहत दिने गरेर मौद्रिक नीति ल्याउन उनको माग छ। अध्यक्ष थापाले विगत १० महिनादेखि अटो व्यवसाय ठप्प हुँदा अटो व्यवसायीहरुले बैंकको कर्जा तिर्न नसक्ने अवस्थामा पुगेको बताए। अटो मोबाइल्स सधैँ राज्यको 'टार्गेट'मा पर्ने गरेको उनको गुनासो छ। अध्यक्ष थापाले सरकारले राजश्वको दर परिवर्तन गर्दा, राष्ट्र बैंकले मौद्रिक नीति ल्याउँदासमेत अटो मोबाइल्स क्षेत्रलाई उकास्ने किसिमको नल्याउने गरेकोसमेत उल्लेख गरे। 

अध्यक्ष थापाले सरकारलाई राजश्व चाहिएपनि अटो क्षेत्रलाई खोज्ने, र आयातमा कडाई गर्नुपरे पनि अटो क्षेत्र खोज्ने अभ्यास भएको भन्दै अटो क्षेत्र चुरोट, रक्सीको क्याटागोरीमा राखिन थालेको भन्दै गुनासो गरेका थिए। गाडीको हायर पर्चेज ७० प्रतिशतबाट ५० प्रतिशतमा झारेको, जोखिम भार ७५ प्रतिशतबाट १५० प्रतिशतमा पुर्‍याएको, एलसी खोल्दा १०० प्रतिशतसम्म मार्जिनका विषयमा मौद्रिक नीतिले परिमार्जन गर्नुपर्ने उनको माग छ। 

'सरकारले राजश्व बढाउनुपर्दा अटो मोबाईल्स क्षेत्रलाई हेर्ने,मौद्रिक नीति ल्याउँदा अटो मोबाइल्सलाई नै अहिले पनि हेर्ने गरेको छ। सरकारलाई के लाग्छ भने सबैभन्दा धेरै राजश्व आउने क्षेत्र यही हो जस्तो लाग्छ। राष्ट्र बैंकले सबै भन्दा बढी पैसा बाहिर पठाउने क्षेत्र यही हो यसलाई ठिक पार्नुपर्छ भन्ने सोच्ने गरेको छ,' उनले भने, 'अटो मोबाइल्स क्षेत्र चुरोट, बिँडी र रक्सीको क्याटागोरीमा पर्छ जस्तो लागेको छ। हरेक वर्ष अटोमोबाइल्स क्षेत्र टार्गेटमा पर्छ। सवारी बेच्ने सोरुम हेरेर अनुत्पादन र विलासिताका वस्तु भनिएको छ। घरबाट कार्यालय जानदेखि हरेक कामको लागि अटोमोबाइल्स चाहिन्छ। अटोमोबाइल्स क्षेत्रलाई राज्यले हेर्ने दृष्टिकोण नै परिर्वतन गर्नुपर्छ।'

अध्यक्ष थापाले गाडीमा जोखिम भारको कारण बजारमा तरलता सहज हुँदासमेत फाइनान्स हुन नसक्ने अवस्था सिर्जना भएको बताए। अहिले अटो व्यवसाय ७० देखि ८० प्रतिशतसम्म ठप्प रहेको जिकिर गरे।

Shivam cement

प्रकाशित: Jul 06, 2022| 14:18 बुधबार, असार २२, २०७९
प्रतिक्रिया दिनुहोस्