आइतबार, असोज ११, २०८३

उपभोक्ता ठगीमा संलग्न ३ हजार फर्ममाथि कारबाही

उपभोक्तासँग बजार मूल्यभन्दा बढी मूल्य लिने तथा गुणस्तरहीन वस्तु बिक्री वितरण गर्दै आएका फर्ममाथि विभागले कारबाही गरेको हो।
 |  बुधबार, असार २२, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असार २२, २०७९

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चालू आर्थिक वर्ष २०७८÷७९ मा उपभोक्ता ठगीमा संलग्न ३ हजार ३४ फर्मलाई १ करोड ७७ लाख ८१ हजार रुपैयाँ जरिमाना गरेको छ।

चालू वर्षको असार २० सम्म गरिएको अनुगमनका क्रममा उपभोक्ता ठग्ने व्यापारिक फर्मलाई उक्त मूल्य बराबरको जरिमाना गरिएको विभागले जनाएको हो।

विभागका अनुसार यस अवधिमा बजार अनुगमनका क्रममा ३ हजार ३४ वटा व्यापारिक फर्ममा अनुगमन गरिएको थियो। त्यसक्रममा विभिन्न वहानामा उपभोक्ता ठग्दै आएका १ हजार ३०१ वटा फर्मलाई कारबाही गरिएको विभागको तथ्यांक छ।

२०७९ असार १ देखि २० गतेसम्म २७८ वटा फर्मको अनुगमन गरिएको छ। यीमध्ये ८७ वटा फर्मले विभिन्न वहानामा उपभोक्तालाई ठग्दै आएको पाइएको छ। उनीहरूले उपभोक्तासँग बजार मूल्यभन्दा बढी मूल्य लिने तथा गुणस्तरहीन वस्तु बिक्री वितरण गर्दै आएका थिए।

ती फर्मलाई २५ लाख ७५ हजार रुपैयाँ जरिमाना गरिएको छ। साथै, चालू आर्थिक वर्षको हालसम्म म्याद नाघेका वस्तुसमेत नष्ट गरिएको विभागका प्रवक्ता हरि पंगेनीले बताए।

उनका अनुसार यस अवधिसम्म ५४ लाख ६० हजार ८५२ मूल्य बराबरका मालवस्तु नष्ट गरिएको छ।


प्रकाशित: Jul 06, 2022| 12:38 बुधबार, असार २२, २०७९
प्रतिक्रिया दिनुहोस्