आइतबार, असोज ११, २०८३

तोलामा १६ सयले घट्यो सुनको मूल्य

नेपाली बजारमा बुधबार सुन र चाँदीको मूल्यमा भारी गिरावट आएको छ।
 |  बुधबार, असार २२, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असार २२, २०७९

काठमाडौं- नेपाली बजारमा बुधबार सुन र चाँदीको मूल्यमा भारी गिरावट आएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा बुधबार सुनको मूल्य प्रतितोला १६ सय रुपैयाँले घटेको हो। यससँगै आज छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार कायम भएको छ।

त्यस्तै तेजावी सुनको मूल्य पनि ९५ हजार ५ सय रुपैयाँमा तोकिएको छ। चाँदीको मूल्य पनि मंगलबारको तुलनामा बुधबार प्रतितोला ३० रुपैयाँले घटेको छ।

आज चाँदी प्रतितोला ११७५ रुपैयाँमा कारोबार भइरहेको छ।

प्रकाशित: Jul 06, 2022| 12:04 बुधबार, असार २२, २०७९
प्रतिक्रिया दिनुहोस्