आइतबार, असार ७, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • नयाँ कृषिमन्त्रीको प्राथमिकतामा मलको पुरानो मुद्दा

नयाँ कृषिमन्त्रीको प्राथमिकतामा मलको पुरानो मुद्दा

‘मलखादको अभाव छ। कृषकहरुले पाइराखेका छैनन्। किसानहरुमा मल पुर्‍याउनेमा कुरा मेरो प्राथमिकतामा छ। मेरो प्रयास सकेसम्म यसैमा हुन्छ,’ मन्त्री यादवले भने।
 |  सोमबार, असार २०, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असार २०, २०७९

काठमाडौं- नवनियुक्त कृषिमन्त्री  यादव नवनियुक्त कृषि तथा पशुपंक्षी विकास मन्त्री मृगेन्द्रकुमार सिंह यादवले किसानलाई मल दिनु आफ्नो पहिलो प्राथमिकता भएको बताएका छन्। सोमबार मन्त्रालयमा पुगेर पदभार ग्रहण गरेसँगै सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिदैँ मन्त्री यादवले किसानलाई मल दिनु आफ्नो पहिलो प्राथमिकता भएको बताएका हुन्। 

National life

‘मलखादको अभाव छ। कृषकहरुले पाइराखेका छैनन्। किसानहरुमा मल पुर्‍याउनेमा कुरा मेरो प्राथमिकतामा छ। मेरो प्रयास सकेसम्म यसैमा हुन्छ,’ मन्त्री यादवले भने। 

मन्त्री यादवले आज नै राष्ट्रपति विद्यादेवी भण्डारीसँग पद तथा गोपनीयताको शपथ लिएका थिए। पुराना मन्त्री हटाएर जसपाले तीन जनालाई नयाँ मन्त्री बनाएको हो। मन्त्री यादवसँगै भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राई बन्दा र वन तथा वातावरणमन्त्री प्रदीप यादव रहेका छन्।

यसअघि जसपामा भौतिक पूर्वाधारमन्त्रीमा रेनुकुमारी यादव, वनमन्त्री रामसहाय यादव र कृषि तथा पशुपक्षी विकासमन्त्री महेन्द्र राय यादवले जिम्मेवारी सम्हाल्दै आएका थिए।यसअघि नेकपा एसले पनि सरकारमा ४ नयाँ मन्त्री पठाएको थियो भने एक जनालाई राज्यमन्त्री बनाएको थियो। 

यसअघिका सबै कृषिमन्त्रीहरूले रासायनिक मललाई राख्दै आएपनि नेपालमा वर्षैपिच्छे मल अभाव हुँदै आएको छ। 

Shivam cement

प्रकाशित: Jul 04, 2022| 20:55 सोमबार, असार २०, २०७९
प्रतिक्रिया दिनुहोस्