आइतबार, असोज ११, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • सनराइज बैंकका ग्राहकले एटीएम कार्डमा आफ्नै फोटो राख्न सक्ने

सनराइज बैंकका ग्राहकले एटीएम कार्डमा आफ्नै फोटो राख्न सक्ने

सनराइज बैंकले कस्टुमाइज्ड फोटो कार्डको सुरुवात गरेको छ। बैंकले समाजसेवी अनुराधा कोइरालालाई पहिलो कस्टुमाइज्ड कार्ड हस्तान्तरण गरी उक्त कार्डको शुभारम्भ गरेको हो।
 |  सोमबार, असार २०, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असार २०, २०७९

काठमाडौं– सनराइज बैंकले कस्टुमाइज्ड फोटो कार्डको सुरुवात गरेको छ। बैंकले समाजसेवी अनुराधा कोइरालालाई पहिलो कस्टुमाइज्ड कार्ड हस्तान्तरण गरी उक्त कार्डको शुभारम्भ गरेको हो।

बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले माइती नेपालको कार्यालयमा आयोजना भएको उक्त कार्यक्रममा कस्टुमाइज्ड फोटोसहितको कार्ड कोइरालालाई हस्तान्तरण गरेका हुन्। 

आफ्नो वा आफूले रोजेको व्यक्तिको फोटो, आफ्नो रमाइला पलहरुको फोटो, आफ्ना परिवार तथा महत्वपूर्ण क्षणका सम्झनाहरु तथा आफ्ना सिर्जनाहरुलाई डेबिट कार्डमा राख्न सकिने उक्त प्रबिधिमा कार्डको अग्र भागमा फोटो प्रिन्ट गर्न सकिने बैंकले जनाएको छ। 

यो सुविधा लिन बैंकको वेबसाइटमा गई सजिलै आफ्नोे फोटो कार्डमा राखी रिक्वेस्ट सबमिट गर्न सकिनेछ।

प्रकाशित: Jul 04, 2022| 11:25 सोमबार, असार २०, २०७९
प्रतिक्रिया दिनुहोस्