आइतबार, असार ७, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • नागरिक लगानी कोषले अनलाइन प्रणालीबाट रकम दाखिला गर्ने

नागरिक लगानी कोषले अनलाइन प्रणालीबाट रकम दाखिला गर्ने

नागरिक लगानी कोषले अनलाइन प्रणालीबाट कोषका कार्यक्रममा सहभागी भएका सहभागी कर्मचारीहरुको सम्बन्धित कार्यालयले सोझै सहभागी कर्मचारीहरुको कोषको खातामा कोष कट्टी रकम जम्मा गर्ने व्यवस्था मिलाएको छ।
 |  सोमबार, असार २०, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असार २०, २०७९

काठमाडौं– नागरिक लगानी कोषले अनलाइन प्रणालीबाट कोषका कार्यक्रममा सहभागी भएका सहभागी कर्मचारीहरुको सम्बन्धित कार्यालयले सोझै सहभागी कर्मचारीहरुको कोषको खातामा कोष कट्टी रकम जम्मा गर्ने व्यवस्था मिलाएको छ। 

National life

यो सुविधा सीजीएएस प्रणालीबाट पारिश्रमिक वितरण गर्ने सरकारी कार्यालयबाहेकका अन्य कार्यालयहरुले उपभोग गर्न सक्नेछन्। यसरी रकम जम्मा गर्दा कोषको कर्मचारीले एप्रुभ गर्नेबित्तिकै सम्बन्धित कर्मचारीको खातामा रकम जम्मा हुने कोषले जनाएको छ। 

तत्कालका लागि यो सुविधा कोषको कर्मचारी बचत वृद्धि अवकाश योजनामा सहभागी भएका कर्मचारीहरुको कार्यालयहरुले पाउनेछन्। ती कार्यालयहरुले आफ्ना कर्मचारीहरुका निम्ति कोषमा जम्मा गर्ने कट्टी रकम अब एनसीएचएलका सबै सदस्य बैंक(वित्तीय संस्थाहरुबाट पठाउन सक्नेछन्। कर्पोरेट पे सुविधा लिएका कार्यालयहरुले भने कर्पोरेट पे प्रणालीमार्फत आफैँले भुक्तानी गर्न सकिने व्यवस्था मिलाइएको कोषले जनाएको छ। 

यस प्रणालीअनुसार सबै कार्यालयहरुले रकम दाखिला गर्न चाहने सम्बन्धित कार्यालयले आफ्ना कर्मचारीहरुको नाम थर र कोषले प्रदान गरेको परिचय नं। समेतको विवरण कोषको ई–सर्भिस पोर्टलमार्फत चढाई सो विवरणलाई सबमिट गरेपछि प्राप्त हुने सबमिसन नम्बर तथा अफिस कोडसहितको प्रिन्ट आउट लिई आफ्नो कारोबार गर्ने बैंकमा सम्पर्क गरेपछि उक्त बैंकले सबमिसन नम्बर तथा अफिस कोडका आधारमा बैंकमा रहेको बैंक सेन्ट्रल मोड्युलमार्फत रकम जम्मा गरिदिनेछन्। 

यसरी बैंकले उक्त मोड्युलमार्फत दाखिला गरेको कारोबार रकमसहितको विवरण एनसीएचएलले एपीआई कोषको कोर सिस्टममा पुस गर्नेछ। उक्त विवरणलाई कोषले प्रमाणित गरेपछि सम्बन्धित कार्यालयका कर्मचारीहरुको कोषको खातामा रकम जम्मा हुने कोषको भनाइ छ। २० लाखसम्मको रकम रियल टाइममा र सोभन्दा माथि २० करोडसम्मको रकम नन–रियलटाइममा जम्मा गर्न सकिने भएको छ। 

Shivam cement

बैंक तथा वित्तीय संस्थाबाट कर्पोरेट पे सुविधा लिएका कार्यालयहरुले यो सुविधा आफैंले कर्पोरेट पेमार्फत आफ्नो भुक्तानी खाताबाटै गर्न सक्ने कोषको भनाइ छ। यस प्रकारको भुक्तानीमा सम्बन्धित कर्मचारीको विवरण पनि स्वतः अपडेट हुने गर्दछ। 

यसरी बैंक वा कर्पोरेट पेमार्फत नागरिक लगानी कोषको रकम अनलाइनबाट जम्मा गर्न सकिने हुँदा कोषका तीन लाखभन्दा बढी सहभागीहरुलाई स्वचालित रुपमा डिजिटल माध्यम प्रयोग गरी सेवा प्रवाह गर्न मद्दत पुग्ने विश्वास कोषले गरेको छ।

यसरी यो माध्यमबाट कोष कट्टी रकम दाखिला गरे पछि कोषमा फाँटवारी र बैंक भौचर बिगतमा पठाए जस्तै पठाउनु नपर्ने जनाएको छ। यस प्रणालीको अपरेसन म्यानुअल कोषको वेबसाइटमा रहेको डाउनलोडभित्र अनलाइन फाँटवारी कलेक्सन म्यानुअल शीर्षकमा सिकाइएको कोषले जनाएको छ। 

प्रकाशित: Jul 04, 2022| 11:21 सोमबार, असार २०, २०७९
प्रतिक्रिया दिनुहोस्