आइतबार, असार ७, २०८३

व्यावसायिक कर समान गर्न नेपाल व्यापार संघको आग्रह

काठमाडौं महानगरपालिका १७, २२, २४, २५ र २७ का नवनिर्वाचित जनप्रतिनिधिलाई 'बधाई तथा स्वागत कार्यक्रम'मा व्यवसायीले पार्किङ समस्या समाधानदेखि घर भाडामा देखिएको समस्या समाधान गर्न आग्रह गरेका हुन्।
 |  सोमबार, असार २०, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असार २०, २०७९

काठमाडौं- नेपाल व्यापार संघले व्यावसायिक कर समान गर्न नवनिर्वाचित जनप्रतिनिलाई आग्रह गरेको छ।

National life

संघले आइतबार साँझ आयोजना गरेको काठमाडौं महानगरपालिका १७, २२, २४, २५ र २७ का नवनिर्वाचित जनप्रतिनिधिलाई 'बधाई तथा स्वागत कार्यक्रम'मा व्यवसायीले पार्किङ समस्या समाधानदेखि घर भाडामा देखिएको समस्या समाधान गर्न आग्रह गरेका हुन्।

कार्यक्रममा काठमाडौं महानगरपालिका-२२ का वडाध्यक्ष चीनकाजी महर्जनले न्यूरोड क्षेत्रमा देखिएका व्यवसायीको समस्या समाधान गर्न जनप्रतिनिधिको सधैँ साथ र समर्थन रहने बताए। 

अध्यक्ष महर्जनले आफ्नो वडाले व्यवसायीबाट वार्षिक रु १२ करोडभन्दा बढी रकम राजस्व उठाउने गरेको बताउँदै यस क्षेत्रको समस्या समाधानका लागि पनि वडाले खर्च गर्ने प्रतिबद्धता व्यक्त गरे। 

उनले व्यवसायीका समस्या समाधानका लागि बेलाबेलामा जनप्रतिनिधिलाई खबरदारी गर्नसमेत आग्रह गरे। न्यूरोड क्षेत्रको पार्किङको समस्या समाधानका लागि वडा कार्यालय लागिरहेको उनको भनाइ थियो। काठमाडौं महानगरपालिका-२५ का वडाध्यक्ष राजेश डङ्गोलले व्यवसायीको लगानीको सुरक्षा गर्न स्थानीय सरकार कटिबद्ध भएर लाग्ने बताए। 

Shivam cement

काठमाडौं महानगरपालिका-२७ का वडाध्यक्ष योगेशकुमार खड्गीले आफूहरुले कार्यपालिका बैठकमा काठमाडौंको पार्किङ, घरभाडालगायतका व्यवसायीको समस्याको बारेमा आवाज उठाइसकेको बताए। 

संघका अध्यक्ष कुमार कार्कीले न्यूरोड क्षेत्रमा व्यवसायी र घरबेटीबीच भाडा, बिजुली, ढल, बिजुली तथा इन्टरनेटको तारलगायतको समस्या रहेको जनाउँदै उक्त समस्या समाधानका लागि स्थानीय सरकारलाई आग्रह गरे।


प्रकाशित: Jul 04, 2022| 09:26 सोमबार, असार २०, २०७९
प्रतिक्रिया दिनुहोस्