मंगलबार, जेठ ५, २०८३

जसले पाहुनाको हत्या गरे

अनुसन्धान गर्दै जाँदा प्रहरीले हत्यामा जानुका, बृखबहादुर र सुनसरीको बराहक्षेत्र नगरपालिका–१० का २५ वर्षीय सुरेश परियारको संलग्नता पुष्टि भयो।
 |  सोमबार, असार २०, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असार २०, २०७९

काठमाडौं- भारतीय नागरिक ४० वर्षीय जपडीया नरेशकुमार बाबु भाइ नेपाल आइरहन्थे। उनी नेपाल आउँदा झापाको अर्जुनधारा नगरपालिका-७ स्थित एक नेपालीको घरमा बस्थे।

National life

उनी अर्जुनधारा-७ की ३२ वर्षीया जानुका सुवेदी थापा र ४९ वर्षीय विनय भनिने बृखबहादुर थापाको घरमा बस्थे। सधैँ झै बाबुभाइ असारमा पनि उनीहरूको घरमा बास बस्न आए। तर, उनलाई के थाहा त्यही रात जीवनको अन्तिम रात हुन्छ भनेर।

उनी थापा परिवारलाई बेला-बेला सहयोग गरिरहेका हुन्थे। यता थापा दम्पत्तीले भने उनको हत्या योजना बुनिरहेको थियो। जस अनुरुप यही असार १२ गते साँझ झापाको अर्जुनधारा नगरपालिका-४ स्थित जुकेखाडी-साहसी टोलको भित्री कच्ची सडकखण्डको ह्युम पाइपभित्र उनको शव फेला पर्‍यो।

उनी थापा परिवारसँग जोडिएकाले प्रहरीले अनुसन्धानको सुई थापा दम्पत्तीतर्फ नै मोड्यो। अनुसन्धानकै लागि बाबुभाइको हत्या आरोपमा उनीहरू पक्राउ परे।

अनुसन्धान गर्दै जाँदा प्रहरीले हत्यामा जानुका, बृखबहादुर र सुनसरीको बराहक्षेत्र नगरपालिका–१० का २५ वर्षीय सुरेश परियारको संलग्नता पुष्टि भयो।

प्रहरीका अनुसार २०७६ मंसिरमा जानुका कामको सिलसिलामा नेपालबाट भारतको दिल्ली गएकी थिइन्। उनी त्यहाँ दुई महिना बसेपछि गुजरातमा पुगिन्। गुजरातमा जानुकाको बाबुभाइसँग भेटघाट र चिनजान भयो।

त्यसपछि बाबुभाइले जानुकालाई २०७६ साल फागुन अन्तिम साता भारतको पानीट्यांकीसम्म ल्याएर छाडेका थिए। २०७६ साल चैतमा उनले जानुकाका छोराछोरीहरूलाई खेलौना र लत्ताकपडा नेपाल पठाएका थिए।

जानुकासँगको सम्पर्कपछि बाबुभाइ नेपाल आउन थाले। उनी नेपाल आएर जानुकाकै घरमा बस्थे। जानुकाको परिवारले घर बनाउने योजना गर्‍यो। त्यसका लागि पनि बाबुभाइले पाँच लाख सहयोग गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

नेपाल आउँदा २०७९ साल वैशाख ४ गते उनी अवैध भारतीय रकमसहित पक्राउ परे। इलाका प्रहरी कार्यालय रानीले अवैध भारतीय ५९ हजार रुपैयाँसहित बाबुभाइलाई पक्राउ गर्‍यो। पछि उनी धरौटीमा छुटे। तारेख बुझाइरहेका थिए। त्यसका लागि उनी बेला-बेला नेपाल आइरहेका हुन्थे।

गएको जेठमा बाबुभाइ तारेखका लागि भारतबाट अर्जुनधारा–७ स्थित जानुकाको घरमा आएका थिए। उनी त्यहाँ तीन दिन बसेर फर्किए। त्यहाँ बस्दा जानुकामाथि उनले श्रीमान‍्को अगाडि दुर्व्यवहार गरे। त्यसपछि श्रीमान्–श्रीमती दुवैले उनको हत्या योजना बनाए।

उनी फेरि भारतबाट असार ७ गते तारेखकै लागि जानुकाको घर आए। राति जानुकाकै घरमा बसे। तारेखका लागि सुनसरीको इटहरी गई सोही दिन दिउँसो साढे २ बजे जानुकाकै घरमा फर्किए।

उनलाई मार्ने योजनाअनुसार सुरेश परियार, अर्को एक जना मानिस, जानुका र बृखबहादुरका बीचमा हत्या गरेपछि पाँच लाख रुपैयाँ दिने सहमति भयो।

असार ८ गते सुरेश जानुकाको घरमा आई बसेको र ९ गते बिहान योजनाअनुसार अर्का एक जना मानिस समेत उनको घरमा आएको प्रहरी अनुसन्धानले देखाएको छ।

९ गते योजना मुताबिक साँझ बाबुभाइसँग सुरेश र अर्का एक जना मानिससँगै बसेर मादक पदार्थ सेवन गरेको पाइएको छ।

रक्सी सेवनपछि बाबुभाइ राति साढे १० बजे तिर भुइँतलाको उत्तरतर्फको कोठाको ढोकामा उभिरहेको समयमा सुरेशले पछाडिबाट घाँटीमा मुड्कीले प्रहार गरेको पाइएको छ। त्यसपछि उनी उनी भुइँमा लडेका थिए। भुइँमा लड्दा फूलको गमलामा ठोक्किएको अनुसन्धानले देखाएको प्रहरीले जनाएको छ।

भुइँमा लडेसँगै सुरेशले उनको मुख थुने। अर्को व्यक्तिले फलामको मार्तोले निधारलगायत शरीरका विभिन्न भागमा प्रहार गरी हत्या गरे। त्यसपछि शवलाई लुकाउन र घटनालाई ढाकछोप गर्ने नियतले बोराभित्र प्याक गरी बृखबहादुरले चलाउने गरेको प्रदेश नम्बर १–०१–०१२ प ८१५० नम्बरको मोटरसाइकलमा सुरेश र अर्का एक जना मिलेर लिएर गई ह्युम पाइपभित्र राखेर फर्केको पाइएको छ।

हत्यापछि जानुकाले सुरेशलाई सुरुमा २५ हजार रुपैयाँ र पछि पुनः एक लाख ७५ हजार रुपैयाँ गरी दुई लाख दिएको खुलेको छ। यस्तै, घटनामा संलग्न अर्को व्यक्तिलाई एक लाख दिएको खुलेको प्रहरीले जनाएको छ।

प्रहरीले यसरी सम्बन्ध जोडिएर निरन्तर सम्पर्कमा रहेका भारतीय नागरिकको हत्या भएको पाइएको जनाएको हो। हत्याका अभियुक्तहरूलाई प्रहरीले आइतबार सार्वजनिक गरिसकेको छ।

प्रकाशित: Jul 04, 2022| 08:41 सोमबार, असार २०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।