तनहुँ- स्वास्थ्य कार्यालय तनहुँले जिल्लाका दशवटै पालिकाका महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन भत्ता वितरण सुरुआत गरेको छ। गण्डकी प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भत्ता उपलब्ध गराएको थियो।
चार नगरपालिका र छ गाउँपालिकाका ४५४ महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन भत्ता वितरणका लागि २७ लाख २४ हजार रकम प्राप्त भएको स्वास्थ्य कार्यालयका प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिए।
उनका अनुसार महिला स्वास्थ्य स्वयंसेविकालाई छ हजारका दरले प्रोत्साहन भत्ता वितरण गरिनेछ।