आइतबार, वैशाख १६, २०८१

अपाङ्गता भएकी छोरी जन्माएको भन्दै सरितालाई १२ वर्षदेखि यातना

मोरङ कटहरी-४ नयाँ बजारकी सरिता सहनी ३३ वर्षकी भइन्। उनले विवाह गरेको १४ वर्ष भयो। १९ वर्षको उमेरमा मनिष सहनीसँग मागी विवाह गरेकी सरिताका तीन सन्तान छन्।
 |  सोमबार, असार २०, २०७९

नेत्र पी अधिकारी

नेत्र पी अधिकारी

सोमबार, असार २०, २०७९

विराटनगर- मोरङ कटहरी-४ नयाँ बजारकी सरिता सहनी ३३ वर्षकी भइन्। उनले विवाह गरेको १४ वर्ष भयो। १९ वर्षको उमेरमा मनिष सहनीसँग मागी विवाह गरेकी सरिताका तीन सन्तान छन्। 

triton college

पहिलो र दोस्रो सन्तान उनका छोरी छन्। छोरीहरू १२ र ९ वर्षका छन्। तेस्रो सन्तान छोरा ५ वर्षका छन्।

तीन सन्तानकी आमा सरिताले पहिलो सन्तान भएदेखि कहिल्यै पनि सुखको अनुभूति गर्न पाएकी छैनन्। जेठी छोरी शारीरिक रूपमा अपाङ्ग छन्। जन्मजात अपाङ्गता भएकी  छोरीको दुवै हातको कुहिनामुनिको भाग र दुवै खुट्टाको गोलीगाँठादेखि तलको भाग छैन। पहिलो सन्तान शारीरिक रूपमा अपाङ्ग भएको जन्मपछि परिवारका सदस्यहरूले सरितालाई कुटपिट गर्दै यातना दिन थाले। 

परिवारका सदस्यहरूबाट पीडित सरिता भन्छिन्,‘ जेठी छोरी जन्मिएपछि पति र परिवारका सदस्यले मलाई कुटपिट गर्ने र यातना दिने गर्न थाले।’ अपाङ्गता भएकी छोरीलाई लिएर घरबाट निस्केर गइहाल भन्नेगरेको उनले सुनाइन्। वर्षौंदेखि कुटपिट सहेर बस्नु परेको उनले बताइन्। उनले भनिन्, ‘पटक-पटक प्रहरीले पक्रेर थुन्यो पनि। सुध्रिन्छन् होला भनेर छुटाएर लग्यो। तर, उल्टै यातना दिने क्रम बढेर गयो।’ 

आफूले चरम हिंसा भोगिरहेको उनले बताइन्। कुटाइका कारण अहिले आफू राम्ररी हिँडडुल गर्न र बोल्न पनि सक्ने अवस्था नभएको उनको गुनासो छ। 

corrent noodles
Metro Mart

गत असोजमा समेत पतिको कुटाइबाट घाइते भएपछि उनलाई विराटनगरको कोसी अस्पतालमा भर्ना गरेर दुई दिनसम्म उपचार गराउनु परेको आफन्तले बताएका छन्। सरिता स्थानीय भगवती आधारभूत विद्यालयको सहायकका रूपमा कार्यरत छन्। केही पनि काम नगर्ने पति मनिषले भने सधैँ रक्सी खाएर कुटपिट गर्ने तथा परिवारका सदस्यलाई समेत उक्साएर आफूमाथि आक्रमण गर्न लगाउने गरेको उनले सुनाइन्। 

परिवारबाट कुटपिट र यातना सहँदै आएका सरितालाई शनिवार राति भने पति सहित परिवारका तीन सदस्य मिलेर कुटपिट गरे। परिवारका सदस्यले नियन्त्रणमा लिएर कुटपिट गर्न थालेपछि उनी भागेर राति ११ बजेतिर वडाध्यक्ष जीवनेश्वर यादवको घरमा पुगिन्। वडाध्यक्षको घरमा पनि उनलाई पति मनिषले कुटपिट गरे। 

वडाध्यक्ष यादवले सरिताका पति मनिषलाई सम्झाउँदा पनि कुटपिट गरेपछि प्रहरीलाई खबर गरेको बताए। उनले भने, ‘ रातको समयमा हारगुहार गर्दै महिला मेरो घरमा आइपुगिछन्। मदिराको नशामा रहेका मनिषले घरमा मेरैअगाडि पनि कुटपिट गरे।’ प्रहरी बोलाएर सरिताका पति र देवरलाई जिम्मा लगाइदिएको उनले बताए। 

परिवारका सदस्यले महिलालाई बारम्बार यातना दिने, कुटपिट र हिंसा गर्ने गरिरहेको आफूले पाएको वडाध्यक्ष यादवको भनाइ छ। मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले महिलामाथि कुटपिट गर्ने पतिसहित परिवारका सदस्यलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको बताए।  

कुटपिटबाट ३३ वर्षीया सरिता सहनीको अनुहार, टाउको, हात लगायत शरीरका विभिन्न भाग चोट लागेको छ। सरितालाई आफ्नै पति मनिष सहनी, देवर अनिष सहनी, ससुरा जयनारायण सहनीले कुटपिट गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। सासू फुलियादेवी सहनीले हात समातेर चलमल गर्न नदिएको र अरूले कुटपिट गरेको पाइएको प्रहरीले बताएको छ।

प्रकाशित: Jul 04, 2022| 07:05 सोमबार, असार २०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।