आइतबार, असार ७, २०८३

आज विदेशी मुद्राको विनिमयदर कति?

नेपाल राष्ट्र बैंकले सोमबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२६ रुपैयाँ १८ पैसा र बिक्री दर १२६ रुपैयाँ ७८ पैसा कायम गरेको छ।
 |  सोमबार, असार २०, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असार २०, २०७९

काठमाडौं- नेपाल राष्ट्र बैंकले सोमबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२६ रुपैयाँ १८ पैसा र बिक्री दर १२६ रुपैयाँ ७८ पैसा कायम गरेको छ। 

National life

युरो एकको खरिद दर १३१ रुपैयाँ ५९ पैसा र बिक्री दर १३२ रुपैयाँ २२ पैसा कायम गरिएको छ। पाउन्ड स्टर्लिङ एकको खरिद दर १५२ रुपैयाँ ५१ पैसा र बिक्री दर १५२ रुपैयाँ १३ पैसा छ। यस्तै, स्विस फ्रेङ्क एकको खरिद दर १३१ रुपैयाँ ५१ पैसा र बिक्री दर १३२ रुपैयाँ १३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

अस्ट्रेलियन डलर एकको खरिद दर ८५ रुपैयाँ ९९ पैसा र बिक्री दर ८६ रुपैयाँ ४ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिद दर ९७ रुपैयाँ ९४ पैसा रहेको छ भने बिक्री दर ९८ रुपैयाँ ४ पैसा छ। 

जापानी येन १० को खरिद दर ९ रुपैयाँ ३३ पैसा र बिक्री दर ९ रुपैयाँ ३८ पैसा रहेको छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ८३ पैसा र बिक्री दर १८ रुपैयाँ ९२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

यस्तै, साउदी अरबियन रियाल एकको खरिर दर ३३ रुपैयाँ ६३ पैसा र बिक्री दर ३३ रुपैयाँ ७९ पैसा रहेको छ भने कतारी रियाल एकको खरिद दर ३४ रुपैयाँ ४५ पैसा र बिक्री दर ३४ रुपैयाँ ६१ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचनाामा उल्लेख छ।

Shivam cement

मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ६३ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ७७ पैसा रहेको छ। यसैगरी कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ७१ पैसा र बिक्री दर ९ रुपैयाँ ७६ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ। - यस्तो छ आजको विनिमय दर

प्रकाशित: Jul 04, 2022| 06:48 सोमबार, असार २०, २०७९
प्रतिक्रिया दिनुहोस्