आइतबार, असार ७, २०८३

६ महिनामा दुई लाख ३७ हजार पर्यटक नेपाल आए

सन् २०२२ को जुन महिनामा हवाई मार्ग भएर ४६ हजार ९०० विदेशी पर्यटक नेपाल भित्रिएका छन्। नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार यो सङ्ख्या सन् २०१९ को तुलनामा ६९.३ प्रतिशत रिकोभरी भएको हो।
 |  आइतबार, असार १९, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, असार १९, २०७९

काठमाडौं- सन् २०२२ को जुन महिनामा हवाई मार्ग भएर ४६ हजार ९०० विदेशी पर्यटक नेपाल भित्रिएका छन्। नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार यो सङ्ख्या सन् २०१९ को तुलनामा ६९.३ प्रतिशत रिकोभरी भएको हो। 

National life

सन् २०१९ ६१ हजार ३५१ विदेशी पर्यटक नेपाल भ्रमणमा आएका थिए। योसँगै अङ्ग्रेजी वर्षको ६ महिना अवधिमा कूल दुई लाख ३७ हजार ८१३ पर्यटकले नेपाल भ्रमण गरेका छन्। बोर्डका अनुसार मे महिनामा ५३ हजार ६०८ पर्यटकले नेपाल भ्रमण गरेका थिए। 

सन् २०२२ को जनवरीमा १७ हजार, फेब्रुअरि २० हजार, मार्चमा ४२ हजार, अप्रिलमा ५८ हजार पर्यटकले नेपालमा भ्रमण गरेका थिए। यो सङ्ख्या नेपाल भ्रमणका लागि हवाई मार्ग हुँदै नेपाल भित्रिएको पर्यटन भएको जनाएको छ। 

सन् २०२२ देखि नेपालमा पर्यटक आगमनमा सुधार हुर्दै आएको देखिन्छ। कोभिड–१९ पछि नेपालमा पर्यटन आगमनदरमा क्रमिक सुधार आएको देखिन्छ। जुनमा भारतबाट २३ हजार २४८, अमेरिकाबाट आठ हजार ३५१, बङ्गलादेशबाट दुई हजार ५९, बेलायतबाट, दुई हजार, अष्ट्रेलियाबाट एक हजार ४०० जनाले नेपाल भ्रमण गरेका छन्। 

जुनमा सार्कबाट २६ हजार, आसियानबाट, दुई हजार ३००, युरोपबाट चार हजार ७००, अमेरिकन रिजनबाट आठ हजार ९०० पर्यटकले नेपाल भ्रमण गरेको नेपाल पर्यटन बोर्डले जनाएको छ। 

Shivam cement

प्रकाशित: Jul 03, 2022| 22:50 आइतबार, असार १९, २०७९
प्रतिक्रिया दिनुहोस्