बिहीबार, असोज २९, २०८३

भूकम्पमा परी संयोगमा बाँचेकाहरुको कथा एकसाथ १२ देशमा

पुस्तक गुगल बुक्समार्फत विश्वका ६६ देशमा ई-बुकमा समेत उपलब्ध रहेको जनाइएको छ। काठमाडौंमा मण्डला बुक प्वाइन्टमा पुस्तक उपलब्ध छ।
 |  सोमबार, असार २०, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असार २०, २०७९

काठमाडौं- पत्रकार किशोर पन्थीको पुस्तक 'अन्ट्रान्सलेटेबल' लोकार्पण भएको छ। १२ देशमा हार्डकभर र पेपरब्याकमा उपलब्ध भएको पुस्तकमा २०७२ को भूकम्पका अनुभवहरू समेटिएको छ। अन्ट्रान्सलेटेबल पुस्तक अमेजनमार्फत विश्वका १२ देशमा हार्डकभर र पेपरब्याकमा उपलब्ध छ भने ६६ देशमा ई-बुकमार्फत पढ्न सकिनेछ। 

अमेरिका, यूके, अष्ट्रेलिया, जर्मनी, फ्रान्स, स्पेन, इटली, नेदरल्याण्ड, स्वीडेन, पोल्याण्ड, जापान र क्यानडामा पेपरब्याकमा उपलब्ध छ भने अमेरिका, यूके, जर्मनी, फ्रान्स, स्पेन, इटली र नेदरल्याण्डमा हार्डकभरमा उपलब्ध हुने बताइएको छ। पुस्तक गुगल बुक्समार्फत विश्वका ६६ देशमा ई-बुकमा समेत उपलब्ध रहेको जनाइएको छ। काठमाडौंमा मण्डला बुक प्वाइन्टमा पुस्तक उपलब्ध छ।  

२०७२ सालको भूकम्पमा आधारित पुस्तकमा भूकम्पमा संयोगले बाँच्‍न सफल भएकाहरु, भूकम्पका पीडित, भूकम्पपछिको उद्धार र राहतमा खटिनेहरु, महाभूकम्पमा संचारकर्ममा खटिएका, उपचारमा खटिएकालगायतका व्यक्तिहरूको भावना र अनुभवहरूलाई समेटिएको लेखक पन्थीले जानकारी दिए।

प्रकाशित: Jul 04, 2022| 07:15 सोमबार, असार २०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।