आइतबार, असार ७, २०८३

भिभो बन्यो फिफा विश्वकप २०२२ को आधिकारिक प्रायोजक

ग्लोबल स्मार्टफोन ब्रान्ड भिभोले अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता फिफा विश्वकप कतार २०२२ सँग आधिकारिक प्रायोजकको रूपमा आफ्नो साझेदारी घोषणा गरेको छ।
 |  आइतबार, असार १९, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, असार १९, २०७९

काठमाडौं– ग्लोबल स्मार्टफोन ब्रान्ड भिभोले अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता फिफा विश्वकप कतार २०२२ सँग आधिकारिक प्रायोजकको रूपमा आफ्नो साझेदारी घोषणा गरेको छ।

National life

सन् २०१७ देखि भिभो फिफा विश्वकपको दुई संस्करणमा आधिकारिक स्मार्टफोन भइसकेको छ। यस वर्ष विश्वभरका फुटबल फ्यानहरूसँग अविस्मरणीय अनुभव सिर्जना गर्न उक्त प्रतियोगिता यही २०२२ नोभेम्बर २१ देखि कतारमा आयोजना हुनेछ।

यस साझेदारीसँगै भिभोले फिफा विश्वकपमा आधिकारिक प्रतीक र आधिकारिक ब्रान्ड पहिचान प्रयोग गरेर विश्वभरका फुटबल फ्यानहरूसँग जोडिन अद्वितीय प्रवर्धनहरू संचालन गर्नेछ। यसका साथै, भिभोले इमर्सिभ ग्राहक अनुभवहरू सिर्जना गर्दै ग्राउन्डब्रेकिङ स्मार्टफोन टेक्नोलोजीलाई अगाडि बढाएर अन्तर्राष्ट्रिय स्तरमा वृद्धि गर्ने प्रयास गरिरहेको छ।

दक्षिण एसियामा शुरुवात गरेदेखि नै भिभोको ध्यान र प्रतिबद्धता स्थानीय ग्राहकहरूलाई उत्कृष्ट उत्पादन अनुभवहरू उपलब्ध गराउँनमा रहेको कम्पनीको दाबी छ। साथै, भिभोको स्थानीयकृत उत्पादन र मार्केटिङ रणनीतिहरूले गर्दा बजार हिस्सामा द्रुत वृद्धि देखेको छ। भिभोले प्रयोगकर्ताहरूलाई केन्द्रीत गर्दै अग्रगामी स्मार्टफोन प्रविधिहरू प्रदान गर्न निरन्तर जारी राख्नेमा प्रतिबद्धता जनाएको छ।

प्रकाशित: Jul 03, 2022| 18:17 आइतबार, असार १९, २०७९
प्रतिक्रिया दिनुहोस्