आइतबार, जेठ २१, २०८०
  • गृहपृष्ठ
  • अर्थ
  • फोनपेले ल्यायो 'फोनपे डाइरेक्ट मार्फत पैसा पठाउँ, ठाउँको ठाउँ' अभियान

फोनपेले ल्यायो 'फोनपे डाइरेक्ट मार्फत पैसा पठाउँ, ठाउँको ठाउँ' अभियान

नेपालको अग्रणी भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्विस लिमिटेडले डिजिटल बैंकिङको बारेमा जनचेतना बढाउन र वित्तीय कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यले फोनपे डाइरेक्ट मार्फत पैसा पठाउँ, ठाउँको ठाउँ अभियान सुरु गरेको छ।
 |  आइतबार, असार १९, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, असार १९, २०७९

काठमाडौं– नेपालको अग्रणी भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्विस लिमिटेडले डिजिटल बैंकिङको बारेमा जनचेतना बढाउन र वित्तीय कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यले फोनपे डाइरेक्ट मार्फत पैसा पठाउँ, ठाउँको ठाउँ अभियान सुरु गरेको छ। डिजिटल कारोबारलाई प्रोत्साहन गर्दै आएको फोनपे मार्फत रकम प्राप्त गर्ने व्यक्तिको मोबाइल नम्बर राखेर तुरुन्तै, अन्तर–बैंककारोबार मार्फत् रकम पठाउन सकिन्छ। 

Everest Bank

नेपाल राष्ट्र बैंकबाट नेपालको पहिलो अनुमति प्राप्त पेमेन्ट सिस्टम अपरेटर तथा डाइभर्सिफाइड डिजिटल फाइनान्सियल सर्भिस (डि एफ एस) होल्डिङ कम्पनी फोनपेले निरन्तर रुपमा रूपमा डिजिटलाइजेसनको वृहत् पहुँचलाई आत्मसाथ गर्दै मानव जीवनलाई र सहज बनाउने किसिमका सेवा सञ्चालन गर्दै आएको छ। प्रविधि–सञ्चालित तथा ग्राहक–केन्द्रित दृष्टि कोणबाट वित्तीय सेवाहरूलाई सरल, पहुँचयोग्य र किफायती बनाउँदै फोनपेले निरन्तर रूपमा दुई पक्षहरू बीचको वित्तीय कारोबारलाई सरल र सहज बनाउन थप परिष्कृत तरिकाहरू उपलब्ध गराउँदै आएको छ। 

फोनपे डाइरेक्ट फोनपेको डिजिटल कारोबारको इकोसिस्टम अन्तर्गतको अर्को नवीन सेवा हो। यहाँ मोबाइल बैंकिङ एपको मार्फत् सहज एवं सुरक्षित रुपमा मोबाइल बैंकिङ एप मार्फत रकम भुक्तानी एवं रकम प्राप्त गर्न सकिन्छ। पैसा पठाउनको लागि पैसा पठाउने व्यक्तिले आफ्नो मोबाइल बैंकिङ एप लगइन गर्नु पर्दछ । लगइन गरेपछि सेण्ड मनि अप्सनमा गइ फोनपे डाइरेक्टलाई छनौट गरी पठाउन चाहेको रकम, प्राप्त गर्ने व्यक्तिको खाता भएको बैंकको नाम तथा खातामा लिंक भएको मोबाईल नम्बर राखेर पठाउन सकिन्छ। 

फोनपे डाइरेक्टबाट  पैसा पठाउनको लागि बैंक खाता नम्बरको आवश्यकता पर्दैन, र यो केवल मोबाइल नम्बर र बैंकको नामबाट पैसा पठाउन सकिन्छ। फोनपे नेटवर्कमा आबद्ध कुनैपनि बैंक तथा वित्तीय संस्था, विभिन्न भुक्तानी सेवा प्रदायकका मोबाइल एप्सबाट सहजै क्यूआर मार्फत भुक्तानी गर्न सकिन्छ ।

साथै फोनेमार्फत अन्तरबैंक फण्ड ट्रान्स्फर , हब पेमेन्ट लगायतका कारोबार गर्न सकिन्छ। फोनपे पेमेन्ट सर्विस लिमिटेड नेपाल राष्ट्रबैंकबाट अनुमति प्राप्त नेपालको अग्रणी र प्रतिष्ठित भुक्तानी प्रणाली सञ्चालक हो । फोनपे नेटवर्कमा ६० वटा बैंक तथा वित्तीय संस्था र भुक्तानी सेवा सेवा प्रदायक आबद्ध छन् । यस्तै फोनपेमा हालसम्म ८ लाख भन्दा बढि मर्चेन्ट रहेका छन् ।

Metro Mart
worldlink

प्रकाशित: Jul 03, 2022| 04:04. 52 आइतबार, असार १९, २०७९
प्रतिक्रिया दिनुहोस्