आइतबार, असोज ११, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • साताको पहिलो कारोबार दिन उच्च अंकले बढ्यो नेप्से परिसूचक

साताको पहिलो कारोबार दिन उच्च अंकले बढ्यो नेप्से परिसूचक

साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार मापक नेप्से परिसूचक उच्च अंकले बढेको छ।
 |  आइतबार, असार १९, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, असार १९, २०७९

काठमाडौं– साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार मापक नेप्से परिसूचक उच्च अंकले बढेको छ। गत साताको अन्तिम कारोबार दिन शुक्रबार ८.८७ अंकले गिरावट भएको नेप्से आइतबारको कारोबारमा भने वृद्धि भएको हो। 

आज नेप्से परिसूचक ५७.६५ अंकले बढेर २०८६.४२ बिन्दुमा पुगेको छ। त्यस्तै, सेन्सेटिभ इण्डेक्स १०.२१ अंकले बढेको छ भने फ्लोट इण्डेक्स ३.७३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.०८ अंकले बढेको छ।

आइतबार २३१ कम्पनीको ६२ लाख २७ हजार ६९२ कित्ता सेयर २ अर्ब ४८ करोड ४ लाख ७३ हजार ९९९ बराबरको कोराबार भएको छ। अघिल्लो कारोबारको आधारमा नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढेको छ।

नेप्सेका १३ उपसमूहमा सबै उपसमूहको परिसूचक बढेका छन्। जसमध्ये व्यापार उपसमूहको परिसूचक सर्वाधिक ९.३० प्रतिशत बढेको छ। त्यसैगरी जलविद्युत उपसमूहको परिसूचक ५.६३ प्रतिशत बढेको छ। यता वित्त, उत्पादन तथा प्रशोधन र अन्य उपसमूहको परिसूचक ४ प्रतिशतभन्दा बढी बढेको छ।

नेप्से बढेसँगै कारोबारमा आएका ७ कम्पनीको सेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। जसमा साल्ट ट्रेडिङ कर्पोरेसन, हिमालयन पावर पार्टनर, अपर तामाकोशी, सान्जेन लघुवित्त कम्पनी, नेष्डो समृद्ध लघुवित्त, सिवाईसी लघुवित्त र रसुवागढी हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। उता ३० कम्पनीको सेयर मूल्य भने गिरावट आएको छ। कारोबार रकमका आधारमा २२ करोड २८ लाख रुपैयाँभन्दा बढीको सेयर खरिदबिक्री गरेर ङादी गु्रप पावर शीर्ष स्थानमा रहेको छ।  हिमालयन डिष्टिलरीको करिब ९ करोडको सेयर कारोबार भएको छ। 

 


प्रकाशित: Jul 03, 2022| 15:56 आइतबार, असार १९, २०७९
प्रतिक्रिया दिनुहोस्