आइतबार, असार ७, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • एक साताभित्रै विज्ञापन आचारसंहिता कार्यान्वयन गर्न सञ्चारमन्त्रीको निर्देशन

एक साताभित्रै विज्ञापन आचारसंहिता कार्यान्वयन गर्न सञ्चारमन्त्रीको निर्देशन

विज्ञापन बोर्डले आइतबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा विज्ञापन आचारसंहिता सार्वजनिक गर्दै मन्त्री कार्कीले एक हप्ता भित्र अनुभूति हुनेगरी कार्यान्वयनमा लैजान निर्देशन दिएका हुन्।
 |  आइतबार, असार १९, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, असार १९, २०७९

काठमाडौं- सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विज्ञापन उत्पादन, वितरण, प्रकाशन तथा प्रशारणसम्बन्धि आचारसंहिता एक हप्ता भित्रै अनुभूति हुनेगरी कार्यान्वयनमा गर्न विज्ञापन बोर्डलाई निर्देशन दिएका छन्। विज्ञापन बोर्डले आइतबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा विज्ञापन आचारसंहिता सार्वजनिक गर्दै मन्त्री कार्कीले एक हप्ता भित्र अनुभूति हुनेगरी कार्यान्वयनमा लैजान निर्देशन दिएका हुन्। 

National life

विज्ञापन क्षेत्रलाई स्वस्थ र मर्यादित बनाउनका लागि जारी गरिएको सो आचारसंहिताको प्रभावकारी कार्यान्वयन नभएसम्म त्यसलाई ऐतिहासिक र महत्त्वपूर्ण भन्न नसकिने पनि स्पष्ट पारे। सरोकारवाला पक्षहरुसँग धेरै छलफलपछि जारी गरिएको सो आचारसंहिताले विज्ञापन क्षेत्रमा देखिएको अस्वस्थ प्रतिस्पर्धा, विकृति र विसंगतिको अन्त्य गर्दै समाजलाई पनि लाभान्वित बनाउने मन्त्री कार्कीले विश्वास व्यक्त गरे। आचारसंहिता कार्यान्वयनमा कुनै व्यवधान खडा भए आफ्नो मन्त्रालय त्यसलाई तत्काल हटाउन लागिपर्ने प्रतिवद्धता समेत मन्त्री कार्कीले व्यक्त गरेका थिए। 

'धेरै छलफल पछि यो आचारसंहिता आएको छ। यो आचारसंहितामा अहिले विज्ञापन क्षेत्रमा देखिएको अस्वस्थ प्रतिस्पर्धा, विसंगति र विकृतिहरुलाई अन्त गर्दै यसले यो क्षेत्रलाई मात्रै होइन, समाजलाई पनि लाभान्वित गर्न सक्यो भने यो ऐतिहासिक हुन सक्दछ,' मन्त्री कार्कीले भने, 'विज्ञापन क्षेत्रलाई स्वच्छ र मर्यादित बनाउनका लागि आज जारी आचारसंहिताले अर्को हप्तादेखि नै समाजमा प्रभाव दिन सकोस्। यसको प्रभावकारिता एक हप्ता अनुभूति गर्नेगरी हुन सकोस् भन्ने कुरा राख्न चाहन्छु।’

कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले विज्ञापन बजारमा देखिएका विसंगतिहरुलाई समाधान दिने गरी सो आचारसंहिता जारी गरिएको उल्लेख गर्दै त्यसको कार्यान्वयनमा केन्द्रित हुन विज्ञापन बोर्डलाई आग्रह गरे। 

प्रकाशित: Jul 03, 2022| 14:49 आइतबार, असार १९, २०७९
प्रतिक्रिया दिनुहोस्