सोमबार, माघ १२, २०८२

साताको पहिलो दिन सुनको मूल्य बढ्यो

साताको पहिलो दिन नेपाली बजारमा सुनको मूल्य बढेको छ।
 |  आइतबार, असार १९, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, असार १९, २०७९

काठमाडौं- साताको पहिलो दिन नेपाली बजारमा सुनको मूल्य बढेको छ। 

National life

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला तीन सय रुपैयाँले बढेको हो। आज छापावाल सुन ९७ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

शुक्रबार छापावाल सुन प्रतितोला ९७ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो। यसैगरी, आज तेजावी सुनको मूल्य तोलाको ९७ हजार रुपैयाँ निर्धारण भएको छ।

चाँदीको भने आज पनि तोलामा १० रुपैयाँले घटेरको छ। आज चाँदी तोलाको १२ सय कायम भएको महासंघले जनाएको छ। शुक्रबार चाँदी प्रतितोला १२ सय १० रुपैयाँ कारोबार भएको थियो।

प्रकाशित: Jul 03, 2022| 11:39 आइतबार, असार १९, २०७९
प्रतिक्रिया दिनुहोस्